सिन ‘डिडी’ कम्ब्सको मुद्दामा मुछिए जे–जी पनि
वासिङ्टन डीसी । अमेरिकी र्यापर सिन ‘डिडी’ कम्ब्समाथि परेको यौन उत्पीडनको मुद्दामा अर्का चर्चित र्यापर जे–जी पनि मुछिएका छन् । कम्ब्समाथि सबैभन्दा पहिला अक्टोबरमा यौन उत्पीडनसम्बन्धी एउटा मुद्दा परेको थियो । यस पछि उनीमाथि यौन तस्करी, वेश्यावृत्ति सम्बन्धी अभियोग पनि लगाइयो । अहिलेसम्म उनीमाथि यस्तै खालका करिब ३० वटा मुद्दा परेका छन् । यही अभियोगमा कम्ब्स अहिले हिरासतमा छन् ।
सारा आरोपमा आफू निर्दोष रहेको कम्ब्सले भनिरहेका छन् । तर आइतबार जेन डो नामक त्यही महिलाले जे–जी नामबाट चर्चित र्यापर तथा व्यवसायी शन कार्टरलाई पनि आफ्नो मुद्दामा प्रतिवादी बनाएकी छिन् । आफूमाथि लागेको आरोप यति जघन्य छ देवानी मात्रै नभएर बरु फौजदारी मुद्दै दायर गर भनेर कार्टरले एउटा विज्ञप्तिमा भनेका छन् ।
‘नाबालिकामाथि यस्तो अपराध गर्नेलाई त थुनेरै राख्नु पर्छ, यसमा तिमी सहमत छैनौँ ?’ भनेर उनले उल्टै प्रश्न गरेका छन् । कम्ब्स र कार्टरले सन् २००० मा भिडियो म्युजिक अवार्ड पछिको एउटा पार्टीमा आफूमाथि यौन उत्पीडन गरेको र त्यतिबेला आफ्नो उमेर १३ वर्ष भएको महिलाले भनेकी छिन् ।
पार्टीमा कुनै पेय खाएपछि आफूलाई रिंगाटा लाग्न थालेकोले नजिकैको बाथरुम गएको अनि पहिला कार्टरले अनि त्यसपछि कम्ब्सले आफ्नो बलात्कार गरेको ती महिलाले बताएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण