सिन ‘डिडी’ कम्ब्सको मुद्दामा मुछिए जे–जी पनि

वासिङ्टन डीसी । अमेरिकी र्यापर सिन ‘डिडी’ कम्ब्समाथि परेको यौन उत्पीडनको मुद्दामा अर्का चर्चित र्यापर जे–जी पनि मुछिएका छन् । कम्ब्समाथि सबैभन्दा पहिला अक्टोबरमा यौन उत्पीडनसम्बन्धी एउटा मुद्दा परेको थियो । यस पछि उनीमाथि यौन तस्करी, वेश्यावृत्ति सम्बन्धी अभियोग पनि लगाइयो । अहिलेसम्म उनीमाथि यस्तै खालका करिब ३० वटा मुद्दा परेका छन् । यही अभियोगमा कम्ब्स अहिले हिरासतमा छन् ।
सारा आरोपमा आफू निर्दोष रहेको कम्ब्सले भनिरहेका छन् । तर आइतबार जेन डो नामक त्यही महिलाले जे–जी नामबाट चर्चित र्यापर तथा व्यवसायी शन कार्टरलाई पनि आफ्नो मुद्दामा प्रतिवादी बनाएकी छिन् । आफूमाथि लागेको आरोप यति जघन्य छ देवानी मात्रै नभएर बरु फौजदारी मुद्दै दायर गर भनेर कार्टरले एउटा विज्ञप्तिमा भनेका छन् ।
‘नाबालिकामाथि यस्तो अपराध गर्नेलाई त थुनेरै राख्नु पर्छ, यसमा तिमी सहमत छैनौँ ?’ भनेर उनले उल्टै प्रश्न गरेका छन् । कम्ब्स र कार्टरले सन् २००० मा भिडियो म्युजिक अवार्ड पछिको एउटा पार्टीमा आफूमाथि यौन उत्पीडन गरेको र त्यतिबेला आफ्नो उमेर १३ वर्ष भएको महिलाले भनेकी छिन् ।
पार्टीमा कुनै पेय खाएपछि आफूलाई रिंगाटा लाग्न थालेकोले नजिकैको बाथरुम गएको अनि पहिला कार्टरले अनि त्यसपछि कम्ब्सले आफ्नो बलात्कार गरेको ती महिलाले बताएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीएसजीले च्याम्पियन्स लिग जितेको बारे एम्बाप्पे, ‘कुनै गुनासो छैन’
-
सवारी दुर्घटनामा सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु
-
केनको निर्णायक गोलमा इंग्ल्याण्डको संघर्षपूर्ण जीत
-
मस्कसँगको सम्बन्ध अन्त्य भएको ट्रम्पको घोषणा
-
बौद्धमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु
-
बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वमा समिति गठन