जन्मसिद्ध अमेरिकी नागरिकता खारेज गर्न चाहन्छन् ट्रम्प ?
वासिङ्टन डीसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मेकाहरूलाई स्वतः नागरिकता दिने नीति अन्त्य गर्नुपर्ने बताएका छन् ।
राष्ट्रपति निर्वाचित भएपछिको पहिलो अन्तरवार्तामा उनले यस्तो बताएका हुन् । अमेरिकामा जन्मिएकै भरमा नागरिकता दिने प्रणालीलाई अन्त्य गर्ने समेत उनले बताएका छन् ।
तर अमेरिकामा बालबालिकाका रुपमा ल्याइएका कागजातविहीन आप्रवासीलाई मद्दत गर्न डेमोक्रेटहरूसँग मिलेर काम गर्ने पनि उनले बताएका छन् । जनवरी २० मा कार्यभार सम्हालेको पहिला दिनमा आप्रवासन, ऊर्जा, अर्थतन्त्र समेतका अनगिन्ती कार्यकारी आदेश जारी गर्ने कसम पनि उनले खाएका छन् ।
जो बाइडेनमाथि न्याय मन्त्रालयलाई छानबिन गर्न लगाउँदिन भनेर उनले संकेत गरेको भएपनि क्यापिटल हिलमा भएको हिंसाबारे छानबिन गर्ने केही कानून निर्माता र आफ्ना राजनीतिक वैरीलाई भने जेल हाल्नु पर्ने उनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छिम्केश्वरी धार्मिक वन हस्तान्तरण
-
एपीएफ स्कुलको रकम हिनामिना आरोपमा इन्स्पेक्टर कल्पना गुरुङ पक्राउ
-
मौलाकालिका : आस्था र आरोग्यको सर्ट हाइकिङ (तस्बिरहरू)
-
खेत रोप्न गएकी महिलाको शारदा नदीमा डुबेर मृत्यु
-
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
मुख्य राजमार्गका ७ स्थानमा पूर्ण अवरोध, ४ स्थानमा एकतर्फी सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण