बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय
नेपाल प्रिमियर लिग क्रिकेट

बोसिस्टोको घातक बलिङ, १ सय ३ रनमा समेटियो पोखरा

मङ्गलबार, २५ मङ्सिर २०८१, १४ : १६
मङ्गलबार, २५ मङ्सिर २०८१

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्ध १ सय ४ रनको लक्ष्य प्रस्तुत गरेको छ । विलियम बोसिस्टोले घातक बलिङसामु पोखरा १६.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३ रनमा समेटिएको हो ।

Karnali vs Pokhara_Nepal photo Library1

बोसिस्टोले ४ ओभर बलिङ गर्दै मात्र २८ रन खर्चेर ६ विकेट लिए । जारी लिगमा कुनै पनि बलरले एकै खेलमा यति धेरै विकेट लिएको यो पहिलो अवसर हो ।

Karnali vs Pokhara_Nepal photo Library2

टस जितेर पहिले ब्याटिङ गरेको पोखराले सुरुवात भने निकै राम्रो गरेको थियो । ओपनरद्वय दिनेश खरेल र आन्द्रियस गाउसले तीव्र गतिमा रन बनाउँदै ३.५ ओभरमा ४६ रन जोडेका थिए ।

Karnali vs Pokhara_Nepal photo Library3

गाउस १२ बलमा २५ रन जोड्दै आउट भए । उनले ४ चौका र १ छक्का प्रहार गरे । लगत्तै, खरेल पनि १९ बलमा २६ रन जोडेर पभेलियन फर्किए ।

Karnali vs Pokhara_Nepal photo Library6

त्यसपछि भने पोखराले लय गुमायो । मात्र ४३ रनमा टोलीले थप ६ विकेट गुमाउन पुग्यो । रेमन राइफरले २६ बलमा २० तथा कप्तान कुशल भुर्तेलले ११ बलमा रन जोडे । मध्यक्रमका अन्य ब्याटर चल्न सकेनन् ।

खेलको अन्त्यतिर विपिन खत्रीले १० रन जोडे । कर्णालीका लागि सोमपाल कामी, विपिन शर्मा र युनिस खत्रीले १–१ विकेट लिए ।

Karnali vs Pokhara_Nepal photo Library4

लिगमा कर्णाली याक्सको यो पाँचौ खेल हो । यसअघि टोलीले ४ खेलमध्ये दुईमा जित र दुईमा हार बेहारेको छ । टोली ४ अंक बटुल्दै चौथो स्थानमा छ ।

पोखराको भने यो चौथो खेल हो । यसअघि टोलीले ३ खेलमध्ये एकमा जित र दुईमा हार बेहोरेको छ । टोली २ अंकसहित छैटौँ स्थानमा छ ।

NPL - Nepal Premier League 2024 NPL - Nepal Premier League 2024

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप