तराई क्षेत्रमा बाक्लो हुस्सु, उडान प्रभावित
काठमाडौँ । तराई भेगका अधिकांश विमानस्थलमा बाक्लो हुस्सु लागेका कारण नागरिक उड्डयन क्षेत्र प्रभावित भएको छ । विराटनगर विमानस्थल अहिलेसम्म बन्द छ भने जनकपुर विमानस्थल भर्खरै खुलेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार तराई क्षेत्रका अधिकांश विमानस्थलको उडान प्रभावित भएको छ । केही विमानस्थलको उडान नै स्थगित गर्नुपरेको छ भने कतिपय विमानस्थल ढिलो खुलेकाले उडान तालिका प्रभावित भएको छ । भद्रपुर, भरतपुर, पोखरा भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थल अपराह्न मात्र खुलेका हुन् । प्रतिकूल मौसमका कारण विराटनगर विमानस्थलमा सोमबार पनि कुनै उडान हुन सकेनन् ।
“बाक्लो हुस्सुले भिजिबिलिटी कमजोर हुँदा तराई क्षेत्रका विमानस्थलहरूमा उडान प्रभावित भएको छ”, प्रवक्ता शेर्पाले भने । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भने आन्तरिक र बाह्य उडान नियमित रूपमा सञ्चालन भइरहेका छन् ।
यसैबिच, जल तथा मौसम विज्ञान विभागले देशभर पश्चिमी वायुको प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेसबुक स्टाटसको भरमा छानबिन समिति नबनाऔँ, तथ्यमा आधारित छलफल गरौँ : सांसद झा
-
मेडिकल व्यवसायीबाटै लागुऔषध बिक्री भइरहेको सूचना छ : सांसद निश्कल राई
-
विश्वकपअघि इंग्ल्याण्डको उत्कृष्ट लय, मैत्रीपूर्ण खेलमा कोस्टारिकामाथि सानदार जित
-
पीपीपी मोडलमा ५० वटा नयाँ सिनेमा हल बनाउने बोर्डको योजना
-
इरानलाई अमेरिका र बेलायतसहित २२ देशको चेतावनी
-
प्रधानमन्त्री र अर्थमन्त्रीप्रति झाँक्रीको कटाक्ष–मूर्ख देखि दैव डराउँछ भन्थे, हो रहेछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण