सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको आरोपमा युवक पक्राउ
मङ्गलबार, २५ मङ्सिर २०८१, १६ : ०४
काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा साथी बनेर गोप्य तस्बिर रेकर्ड गरेपछि चरित्र हत्या गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भएर चन्द्रागिरीमा बस्ने रोशन भण्डारी छन् ।
३१ वर्षीय भण्डारीलाई पक्राउ गरेर विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा म्याद लिएर अनुसन्धान सुरु गरिएको साइबर ब्युरोका एसपी दीपक राज अवस्थीले जानकारी दिए ।
महिलालाई साथी बनाएर कुराकानी गर्ने क्रममा गोप्य तस्बिर लिएर उनले ती महिलाको आफन्त र साथीहरूलाई पठाएको आरोप छ ।
मंसिर २३ मा पक्राउ परेका उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण