पहिलो हारले घाइते जनकपुर र जितको लय खोजिरहेको काठमाडौँको भिडन्त
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र काठमाडौँ गुर्खाज भिड्दै छन् । खेल कीर्तिपुरस्थित टियू मैदानमा दिउँसो १ बजे सुरु हुनेछ ।
जनकपुर हिजो सुदूरपश्चिमसँग हारेको थियो । यो जनकपुरको पहिलो हार थियो । जनकपुरले सुरुवाती चारवटा खेल जितेर प्रतियोगितामा शानदार प्रदर्शन गरिरहँदा बुधबार भने ५१ रनमा अलआउट हुँदै पहिलो हार व्यहोरेको थियो ।
उक्त हारपछि सुरूवातदेखि अंकतालिकाको शीर्षस्थानमा रहेको जनकपुर दोस्रो स्थानमा झरेको छ । यद्यपि आजको खेल जिते मात्र पनि जनकपुर प्लेअफमा पुग्नेछ । जनकपुर बोल्ट्स ड्रिम स्पोर्टस प्रालिको स्वामित्वमा रहेको क्लब हो । ड्रिम स्पोर्टस प्रालिले जनकपुर बोल्ट्सलाई दुई करोड पाँच लाख रुपैयाँमा खरिद गरेको हो । आसिफ शेख जनकपुर बोल्ट्सका मार्की खेलाडी हुन् । जनकपुर बोल्ट्सका प्रमुख प्रशिक्षक पुबुदु दासानायके हुन् ।
हिजै भएको दोस्रो खेलमा काठमाडौँले भने लुम्बिनी लायन्सविरुद्ध शानदार जित हात पारेको थियो । टोलीले हालसम्म ४ खेलमध्ये २ मा जित र २ मा हार बेहोरेको छ । काठमाडौँले पनि आजको खेल जितेमा प्लेअफमा छनोट हुने सम्भावना अझै बलियो बनाउनेछ ।
काठमाडौँ गुर्खाज कान्तिपुर पब्लिकेसनको स्वामित्वमा रहेको क्लब हो । कान्तिपुर पब्लिकेसनले काठमाडौँ गुर्खाजलाई तीन करोड ३३ लाख ३३ हजार तीन सय ३९ रुपैयाँमा खरिद गरेको हो । काठमाडौँ गुर्खाज नाम पनि कान्तिपुर पब्लिकेसनले नै राखेको हो । टोलीका मार्की खेलाडी भने करण केसी हुन् भने प्रमुख प्रशिक्षक वसन्त शाही हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के युक्रेनमा सम्भव छ कोरियाजस्तो युद्धविराम ?
-
अखिल क्रान्तिकारीको ३३ पदाधिकारीका लागि १५५ जनाको उम्मेदवारी
-
आगलागी बढ्न सक्नेतर्फ सचेत हुन आग्रह
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुहिरोले उडान प्रभावित गर्न सक्दैन : अर्थमन्त्री पौडेल
-
बीमा प्राधिकरणको अध्यक्षका लागि एक दर्जन आकांक्षी (नामावलीसहित)
-
वैदेशिक रोजगार विभागका महानिर्देशकका पाँच महिना : ७५ प्रतिशत बढीलाई क्षतिपूर्ति, बिचौलियालाई रोक