पहिलो हारले घाइते जनकपुर र जितको लय खोजिरहेको काठमाडौँको भिडन्त
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र काठमाडौँ गुर्खाज भिड्दै छन् । खेल कीर्तिपुरस्थित टियू मैदानमा दिउँसो १ बजे सुरु हुनेछ ।
जनकपुर हिजो सुदूरपश्चिमसँग हारेको थियो । यो जनकपुरको पहिलो हार थियो । जनकपुरले सुरुवाती चारवटा खेल जितेर प्रतियोगितामा शानदार प्रदर्शन गरिरहँदा बुधबार भने ५१ रनमा अलआउट हुँदै पहिलो हार व्यहोरेको थियो ।
उक्त हारपछि सुरूवातदेखि अंकतालिकाको शीर्षस्थानमा रहेको जनकपुर दोस्रो स्थानमा झरेको छ । यद्यपि आजको खेल जिते मात्र पनि जनकपुर प्लेअफमा पुग्नेछ । जनकपुर बोल्ट्स ड्रिम स्पोर्टस प्रालिको स्वामित्वमा रहेको क्लब हो । ड्रिम स्पोर्टस प्रालिले जनकपुर बोल्ट्सलाई दुई करोड पाँच लाख रुपैयाँमा खरिद गरेको हो । आसिफ शेख जनकपुर बोल्ट्सका मार्की खेलाडी हुन् । जनकपुर बोल्ट्सका प्रमुख प्रशिक्षक पुबुदु दासानायके हुन् ।
हिजै भएको दोस्रो खेलमा काठमाडौँले भने लुम्बिनी लायन्सविरुद्ध शानदार जित हात पारेको थियो । टोलीले हालसम्म ४ खेलमध्ये २ मा जित र २ मा हार बेहोरेको छ । काठमाडौँले पनि आजको खेल जितेमा प्लेअफमा छनोट हुने सम्भावना अझै बलियो बनाउनेछ ।
काठमाडौँ गुर्खाज कान्तिपुर पब्लिकेसनको स्वामित्वमा रहेको क्लब हो । कान्तिपुर पब्लिकेसनले काठमाडौँ गुर्खाजलाई तीन करोड ३३ लाख ३३ हजार तीन सय ३९ रुपैयाँमा खरिद गरेको हो । काठमाडौँ गुर्खाज नाम पनि कान्तिपुर पब्लिकेसनले नै राखेको हो । टोलीका मार्की खेलाडी भने करण केसी हुन् भने प्रमुख प्रशिक्षक वसन्त शाही हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण