ठगी सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ
शुक्रबार, २८ मङ्सिर २०८१, १२ : ५३
काठमाडौँ । ठगी सम्बन्धी कसूर मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । सुर्खेत लेकबेशी नगरपालिका–४ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–६ कटुन्जे बस्ने २० वर्षीय प्रज्वल हमाललाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
ललितपुर जिल्ला अदालतबाट गत साउन २९ गते ठगी सम्बन्धी कसूर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर कटुन्जेबाट पक्राउ गरेको हो ।
साथै उनी उपर वैदेशिक रोजगार न्यायाधीकरणबाट वैदेशिक रोजगार सम्बन्धी कसूरमा समेत पक्राउ अनुमति जारी भई फरार रहेको अनुसन्धानबाट खुल्न आएको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण