प्रभु साहको दाबी : ओलीले देशमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्न सक्दैनन्
काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा शान्ति, सुरक्षा, सुव्यवस्था र अमनचयन कायम गर्न नसक्ने दाबी गरेका छन् ।
शुक्रबार वीरगन्जमा आइटी आर्मीको भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले अहिलेको सरकारले शान्ति, सुरक्षा कायम गर्न नसक्ने दाबी गरेका हुन् । उनले बाढी, पहिरोको विपत्तिमा परेर जनता मर्दासमेत प्रधानमन्त्री जनताको घरदैलोमा जान नसकेको र हालै आफ्नै जिल्ला झापामा भ्यू टावर उद्घाटन गर्दा जनतालाई लामबद्ध बनाएर शरिर खानतलासीजस्तै चेकजाँच गर्नुले प्रधानमन्त्री ओलीले आफै असुरक्षित महसुस गरेको टिप्पणी गरे ।
उनले भने, 'अहिलेको सरकारबाट देशमा शान्ति, सुरक्षा र अमनचयन कायम हुन सक्दैन । स्वयम सरकारको नेतृत्वमा बसेका केपी ओलीले असुरक्षित महसुस गरेको देखिन्छ । नत्र भने भने जनता बाढी, पहिरोमा परेर मरिरहँदा प्रधानमन्त्री जानुपर्दैन थियो ? उहाँ अमेरिकामा शयर गरेर बस्नुभयो । नेपाल फर्किनेबित्तिकै तुच्छ बोल्नुभयो । अहिले झापामा भ्यू टावर, म त यो टावरलाई सेतो हात्ती भन्छु, त्यो उद्घाटन गर्न जानुभयो, उद्घाटन गर्दा जनतालाई लामबद्ध बनाएर चेकजाँच गरेको भिडिओ बाहिरिएको छ । कस्तो विडम्बना । जनतासँगै असुरक्षित हो र ? हो भने किन सत्तामा बस्नु ?'
उनले अहिले लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाएर कांग्रेर र एमालेले लोकतन्त्रको नै भद्दा मजाक बनाएको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण