पत्रकार महासङ्घ जुम्लाको अध्यक्षमा चौलागाईं निर्वाचित
शनिबार, २९ मङ्सिर २०८१, ०० : ५५
जुम्ला । नेपाल पत्रकार महासङ्घ जुम्ला शाखाको अध्यक्षमा पूर्णप्रसाद चौलागाईं निर्वाचित भएका छन् । अध्यक्षका निकटतम प्रतिस्पर्धी नेत्रबहादुर शाहीलाई तीन मत अन्तरले पराजित गर्दै चौलागाईं अध्यक्षमा निर्वाचित भएका निर्वाचन समितिका संयोजक नरेन्द्रनाथ योगीले जानकारी दिए ।
कुल ५४ मतदातामध्ये ५३ मत खसेको थियो । अध्यक्ष चौलागाईंले २८ मत प्राप्त गर्दा शाहीले २५ मत प्राप्त गरे । यस्तै वरिष्ठ उपाध्यक्षमा नौरेते नेपाली, महिला उपाध्यक्षमा गीता शाही, सचिवमा प्रकाश उपाध्याय, कोषाध्यक्षमा सागर परियार, खुला सचिवमा मानबहादुर कुँवर र समावेशी सचिवमा सरिता पराजुली यसअघि नै निर्विरोध निर्वाचित भएका थिए ।
यस्तै, सदस्यहरूमा मोहन शाही, टेक हमाल, सीता कुमाई, सपना रावत, सिवानी विक, लक्ष्मी न्यौपाने र प्रभा भण्डारी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको कर्णाली अधिवेशनमा कचिङ्गलः कोही बहिष्कार गर्ने, कोही प्यानलमार्फत चुनावमा
-
भाइरल भिडियोबारे के भन्छिन् सांसद सृष्टि भट्टराई ?
-
संसद्प्रति प्रधानमन्त्री र मन्त्रीकै बेवास्ता, लगातार बैठक स्थगित
-
परीक्षामा विद्यार्थी अनुत्तीर्ण हुँदा व्यक्ति असफल हुन्छ कि प्रणाली ?
-
जिल्ला र प्रदेशको चुनावी नतिजाको 'साइड इफेक्ट' रास्वपाको महाधिवेशनमा देखिएला ?
-
सेयर बजार ६.३१ अङ्कले घट्यो, चार अर्बको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण