प्राथमिकताका आधारमा निर्माणसम्बन्धी काम अघि बढ्छन् : उपप्रधानमन्त्री सिंह
चितवन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले पूर्वाधार विकास, निर्माणसम्बन्धी काम प्राथमिकताका आधारमा अघि बढ्ने बताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारहरूसँग आज कुराकानी गर्दै उपप्रधानमन्त्री सिंहले विधि र आवश्यक प्रक्रियाअनुसार प्राथमिकताका आधारमा विकास, निर्माणसम्बन्धी काम अघि बढाइने उल्लेख गरे । उनले भने, “योजनाबिना काम थाल्नुभन्दा आवश्यकता र प्राथमिकताका आधारमा निष्कर्षमा पुर्याउने गरी निर्माण अघि बढाउने छौँ ।”
कुनै पनि निर्माणसम्बन्धी काम एक महिना वा छोटो अवधिमा सम्पन्न नभई योजनाबद्ध रूपमा गर्न जरुरी रहेकामा सहरी विकासमन्त्री सिंहले जोड दिए । पूर्वाधार निर्माणका लागि योजनासहित संरचना बनाउन समय लाग्ने भन्दै उनले बनेका विशेष संरचनाहरू सञ्चालन प्रक्रियामा अघि बढाइएको बताए ।
उपप्रधानमन्त्री सिंहसँगै चितवन पुगेका गृहमन्त्री रमेश लेखकले भरतपुर विमानस्थलमा प्रमुख प्रतिपक्षी दल जिम्मेवार रूपमा प्रस्तुत भई संविधान, देश र जनताकेन्द्रित कामका लागि सरकार र सरोकार भएकासँग आवश्यक सहकार्य र समन्वय गर्नुपर्ने बताए । मुलुकमा कानुनी राज्य स्थापना गर्दै विधिको शासन कायम गर्न सरकार लागिपरेको बताउँदै उनले सरकारको यो काममा प्रतिपक्षी दलले पनि सहयोग गर्ने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण