उपत्यका र तराईमा हुस्सु, अन्यत्रको मौसम कस्तो रहला ?
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यद्यपि हाल देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यका र तराईका केही स्थानहरूमा भने हुस्सु तथा कुहिरो लागेको अवस्था छ ।
आज दिउसो देशभर मौसम मुख्यतया सफा रहने छ । राति पनि यो सिलसिलाले निरन्तरता पाउनेछ । सोमबार भने गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु साथै थोरै स्थानहरूमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन,यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
यसैबिच, काठमाडौँ उपत्यकामा शनिबार बिहानको तुलनामा आज चिसो केही घटेको छ । हिजो यहाँको तामक्रम दुई डिग्री सेल्सियस मापन गरिएकामा आज बिहान त्यो चार दशमलव पाँच डिग्री पुगेको छ ।
आज उपत्यकाको अधिकतम तापक्रम १६देखि १८ डिग्री सेल्सियसका बिच रहने विभागको पूर्वानुमान छ । आज यहाँ सूर्योदय ६ः४७ तथा सूर्यास्त ५ः११ मा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलामको चुलाचुलीमा वर्षातको समयमा खोलाजन्य उत्खननको अनुमति
-
भारतीय सवारी साधनलाई दुःख दिने तीन जना बिचौलिया पक्राउ
-
बागमती नदीमा डुबेर दुई बालकको मृत्यु
-
विश्वकप नकआउट समीकरण : कसलाई सहज, कसलाई सकस ? (भिडियो)
-
बजेट संशोधन नगरे फेल गर्ने चेनावनी, दबाबमा कोशीका मुख्यमन्त्री
-
संरचनात्मक लाभांश : सामाजिक न्यायको एउटा नयाँ दृष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण