नेपाल प्रिमियर लिग
काठमान्डुले जित्यो टस, विराटनगरविरुद्ध बलिङ गर्दै
आइतबार, ३० मङ्सिर २०८१, ०८ : ५०
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा काठमान्डु गुर्खाजले टस जितेको छ । यससँगै उसले विराटनगर किंग्सविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
काठमान्डुका कप्तान करण केसीले टस जितेर बलिङ रोज्दै विराटनगरलाई ब्याटिङको निम्तो दिएका हुन् । प्लेअफको सम्भावना कायम राख्न काठमान्डुलाई यस खेलमा ठुलो जित आवश्यक छ ।
आजको खेलमा पराजित भएका काठमान्डु लिग चरणबाटै बाहिरिनेछ । विराटनगर भने यसअघि नै प्लेअफको होडबाट बाहिरिइसकेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण