नागरिक लक्षित प्रभावकारी सेवा प्रवाह गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह
मकवानपुर । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले नागरिक लक्षित गरी प्रभावकारी रूपमा सेवा प्रवाह गर्नुपर्ने बताएका छन् । मन्त्री सिंहले विकास निर्माणको कामलाई उपलब्धिमूलक बनाउन र समयमा नै सम्पन्न गरी नागरिकहरूलाई सहजता प्रदान गर्नुपर्ने बताएका हुन् ।
शनिबार मकवानपुरको विभिन्न कार्यक्रममा सहभागी भएका उपप्रधानमन्त्री सिंहले तीन तहको सरकारले नागरिकहरूको अवस्था सुधार गर्ने गरी योजनाबद्ध रूपमा काम गरिरहेको बताए । २ ठुला दलहरूको गठबन्धनको सरकारले मुलुकमा राजनीतिक स्थायित्व प्रदान गरेको र उक्त सरकारले सर्वाङ्गीण विकासको काम अघि बढाएको उनको भनाई छ ।
उनले तीन तहको सरकारको समन्वयमा विकास निर्माण तथा आर्थिक समृद्धिको कामलाई तीव्रता दिन जरुरी रहेको बताए । पछिल्लो समय मुलुकमा विकास नभएको भन्ने भाष्यमा सत्यता नभएको उनको भनाई छ । उनका अनुसार २०४६ सालपछिको राजनीतिक परिवर्तनसँगै मुलुकमा विकासको कार्य अगाडि बढेको छ ।
उपप्रधानमन्त्री सिंहले चन्द्रागिरि–चित्लाङ सडकको अवलोकन पनि गरेका थिए । उक्त सडक उनका बुवा गणेशमान सिंहले शिलान्यास गरेका थिए ।
उनले थाहा नगरपालिकामा कार्यकर्ताहरूसँग भेटघाट तथा छलफल गरेका थिए भने मनहरी गाउँपालिका स्थित मनहरी बजारमा बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सम्पर्क सचिवालयको उद्घाटन गरेका थिए । सो कार्यक्रम पश्चात् उपप्रधानमन्त्री सिंहले मनहरी गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास समेत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण