जनकपुर बोल्ट्सका समर्थकमाथि प्रहार गर्नेलाई कारबाही गर्न आयोगको पत्राचार
काठमाडौँ । मधेशी आयोगले शनिबार जनकपुर बोल्ट्स र सुदुरपश्चिम रोयल्सबीच भएको अन्तिम खेल पश्चात जनकपुर बोल्ट्सका समर्थकहरु माथि सामुहिक रुपमा प्रहार भएको भन्दै त्यस्ता कार्यमा संलग्नलाई यथाशिघ्र पहिचान गरी कानुनी कारवाहीको प्रक्रिया अगाडी प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ ।
आयोगले आइतबार प्रहरी प्रधान कार्यालयलाई एक पत्र पठाउदै जनकपुर बोल्ट्सका समर्थकमाथि हातहतियार प्रयोग गरी घाइते बनाउने तथा सामाजिक संजाल मार्फत नश्लीय र रंगभेदी शब्द प्रयोग गर्ने अराजक तथा उदण्ड समुहको तुरन्त पहिचान गरी कानुनी दायरामा ल्याउन निर्देशन दिएको हो ।
आयोगका अध्यक्ष डा विजयकुमार दत्तले यस्ता साम्प्रदायिक तथा सामाजिक सदभाव माथि खलल पुर्याउने घटनाले मधेशी समुदाय प्रति अन्य समुदायको दृष्टि कस्तो रहेको भन्ने कुरा उजागर गरेको बताए । अध्यक्ष डा दत्तले यस्ता घटना प्रति राज्य तथा प्रहरी प्रशासन संवेदनशील नभए सामाजिक सदभाव तथा राज्यको चौतर्फी विकास माथि नकारात्मक असर समेत पर्ने बताए ।
आयोगका सदस्य जीवछ साह सहितको उच्चस्तरीय टोलीले घटनास्थलको स्थलगत निरीक्षण तथा घाइतेहरु संग घटनाको विस्तृत विवरण बुझी अगाडी आयोगले अगाडी अझ सशक्त निर्णय लिने अध्यक्ष डा दत्तले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण