१४८ देशसँग नेपालको व्यापार, ११९ सँग घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनाको अवधिमा नेपालले कुल १४८ देशसँग वैदेशिक व्यापार गरेको छ । यसमध्ये ११९ देशसँगको व्यापारमा नेपाललाई घाटा रहेको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
जसअुनसार नेपालको वैदेशिक व्यापारमा सबैभन्दा ठुलो हिस्सा भारत र चीनको रहेको छ भने केही देशसँग नेपालले केही हजारको मात्रै व्यापार गरेको छ ।
पाँच महिनाको अवधिमा नेपाललाई भारतसँगको व्यापारमा ३ खर्ब ५८ अर्ब ५४ करोड ६३ लाख रुपैयाँ घाटा भएको छ । तथ्यांकअनुसार नेपालले भारतबाट ४ खर्ब १० अर्ब ५५ करोड ६६ लाख रुपैयाँको सामान आयात गर्दा ५२ अर्ब १ करोडको सामग्री निर्यात गरेको छ ।
त्यसैगरी चीनसँग १ खर्ब २९ अर्ब ६३ करोड रुपैयाँ घाटा भएको छ । पाँच महिनामा नेपालले चीनबाट १ अर्ब ३१ अर्ब ३७ करोड ७४ लाखको वस्तु तथा सेवा आयात गरेको छ । यही अवधिमा नेपालबाट १७ अर्ब ४५ करोड ८२ लाखको वस्तु निर्यात भएको छ ।
नेपाललाई दक्षिण एसियाली मुलुक अफगानिस्तानसँग भने फाइदा छ । पाँच महिनाको अवधिमा अफगानिस्तानबाट १ करोड २३ लाखको सामान आयात हुँदा ४० करोड ८१ लाखको वस्तु तथा सेवा निर्यात भएको विभागले जनाएको छ ।
अष्ट्रिया, डेनमार्क, जर्जिया, इरान, आइसल्यान्ड लगायतका मुलुकसँगको व्यापारमा नेपाललाई फाइदा भएको छ । त्यसैगरी हङकङ, हंगेरी, ग्वाटेमाला, इस्टोनिया, फ्रान्स लगायतका थुप्रै मुलुकसँगको व्यापारमा नेपाललाई घाटा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अकबरे खुर्सानीको मूल्य प्रतिकिलो एक हजार !
-
रमेश प्रसाईंको गीतमा बालबालिकाको उज्यालो सपना (भिडियो)
-
१२ बजे १२ समाचार: आन्दोलन घोषणादेखि गृहमन्त्रीको राजीनामाबारे प्रतिपक्ष दलभित्रै मतभेदसम्म
-
साेमबारकाे उपत्यका बन्द कार्यक्रममा राप्रपाको सहभागिता नरहने
-
अख्तियारमा सोलुखुम्बुका ७० उजुरी दर्ता
-
सिस्नुको सुपदेखि कटहरको छोइलासम्मका परिकारको प्रदर्शनी तस्बिरमा