१४८ देशसँग नेपालको व्यापार, ११९ सँग घाटा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनाको अवधिमा नेपालले कुल १४८ देशसँग वैदेशिक व्यापार गरेको छ । यसमध्ये ११९ देशसँगको व्यापारमा नेपाललाई घाटा रहेको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
जसअुनसार नेपालको वैदेशिक व्यापारमा सबैभन्दा ठुलो हिस्सा भारत र चीनको रहेको छ भने केही देशसँग नेपालले केही हजारको मात्रै व्यापार गरेको छ ।
पाँच महिनाको अवधिमा नेपाललाई भारतसँगको व्यापारमा ३ खर्ब ५८ अर्ब ५४ करोड ६३ लाख रुपैयाँ घाटा भएको छ । तथ्यांकअनुसार नेपालले भारतबाट ४ खर्ब १० अर्ब ५५ करोड ६६ लाख रुपैयाँको सामान आयात गर्दा ५२ अर्ब १ करोडको सामग्री निर्यात गरेको छ ।
त्यसैगरी चीनसँग १ खर्ब २९ अर्ब ६३ करोड रुपैयाँ घाटा भएको छ । पाँच महिनामा नेपालले चीनबाट १ अर्ब ३१ अर्ब ३७ करोड ७४ लाखको वस्तु तथा सेवा आयात गरेको छ । यही अवधिमा नेपालबाट १७ अर्ब ४५ करोड ८२ लाखको वस्तु निर्यात भएको छ ।
नेपाललाई दक्षिण एसियाली मुलुक अफगानिस्तानसँग भने फाइदा छ । पाँच महिनाको अवधिमा अफगानिस्तानबाट १ करोड २३ लाखको सामान आयात हुँदा ४० करोड ८१ लाखको वस्तु तथा सेवा निर्यात भएको विभागले जनाएको छ ।
अष्ट्रिया, डेनमार्क, जर्जिया, इरान, आइसल्यान्ड लगायतका मुलुकसँगको व्यापारमा नेपाललाई फाइदा भएको छ । त्यसैगरी हङकङ, हंगेरी, ग्वाटेमाला, इस्टोनिया, फ्रान्स लगायतका थुप्रै मुलुकसँगको व्यापारमा नेपाललाई घाटा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण