सरकारले कर आतंक मच्चायो, संघर्षको विकल्प छैन : साह
काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारको मनोमानी कर प्रणालीले मुलुकको उद्योग, व्यापार ध्वस्त हुँदै गइरहेको टिप्पणी गरेका छन् । तीन तहको सरकारको मनोमानी कर आतंक गलत रहेको भन्दै उनले विरोध गरे ।
काठमाडौँको कोटेश्वरस्थित आजपाको केन्द्रीय कार्यालयमा सोमबार आम विद्यार्थी मोर्चाको काठमाडौँ उपत्यका विशेष कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले सरकारको मनोमानी करको विरुद्धमा सडक संघर्षको विकल्प नभएको बताए ।
‘सरकार लुटतन्त्रमा व्यस्त छ । जहाँबाट हुन्छ लुट्ने धन्दामा लागेको छ । सरकारले उद्योगी, व्यापारी, सर्वसाधारणलाई लुटिरहेको छ । राज्यको ढुकुटी सिध्याइसकेको सरकार अहिले विदेशीसँग ऋण लिएर त्यसमा पनि लुट्ने काम गरिरहेको छ । नेपाली जनतालाई ऋणको भारी बोकाएर राज्यको ढुकुटी लुटिरहेको सरकारले मनोमानी कर लगाएको छ । हरेक क्षेत्रमा मनोमानी करले सबै क्षेत्र तहसनहस भएको छ । सर्वसाधारणले जीवन जिउन कठिन भइरहेको छ । तर सरकारले करमाथि कर लगाएर नेपाली जनताको ढाड सेक्ने काम गरिरहेको छ,’ आजपा अध्यक्ष साहले भने ।
सरकारको मनोमानी कर आंकत, लतन्त्रको विकल्प नेपाली जनताले खोजिरहेको बताउँदै उनले वैदेशिक रोजगारीमा भइरहेको ठगी धन्दाको विरुद्धमा अब सडक आन्दोलनको विकल्प नभएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण