कर्णालीको समृद्धिले मुलुककै अर्थतन्त्रलाई योगदान दिनेछ : मुख्यमन्त्री कँडेल
सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको समृद्धिले मुलुककै अर्थतन्त्रलाई योगदान दिने बताएका छन् । लगानी बोर्डले बुधबार वीरेन्द्रनगरमा गरेको प्रादेशिक छलफल कार्यक्रममा कँडेलले मुलुकमा कतै नभएका सम्भावना कर्णालीमा रहेको बताउँदै कर्णालीको समृद्धिले मुलुकै अर्थतन्त्रलाई माथि उठाउने बताएका हुन् ।
अहिले कर्णालीको बारेमा धेरै नकारात्मक चर्चा हुने गरेको उल्लेख गर्दे मुख्यमन्त्री कँडेलले समयक्रममा कर्णाली प्रदेश सबैभन्दा योगदान दिने प्रदेशको रूपमा स्थापित हुने दाबी गरे । कृषि, पर्यटन, जलविद्युत् र वन जस्ता प्राकृतिक साधन स्रोतले कर्णाली धनी रहेपनि पूर्वाधारको अभावमा ती क्षेत्रबाट अपेक्षित लाभ लिन नसकिएको उनले बताए ।
कर्णालीमा लगानीको वातावरण बनाउन संघीय सरकारले पूर्वाधारका ५ वटा क्षेत्रमा प्राथमिकता राख्नुपर्ने बताए । उनले अगाडि थपे, ‘पूर्वाधार विकासमा सहजीकरण गरे सबैभन्दा राम्रो प्रदेशको रूपमा स्थापित गर्न सकिन्छ । मुलुक संघीय संरचनामा गइसकेपछि पनि लगानी सम्बन्धित कानुनहरू पुरानै कानुन अनुसार चलिरहेकोले त्यसलाई प्रादेशिक संरचनामैत्री बनाउनुपर्छ ।’
पूर्वाधारमा लगानी नभएसम्म निजी क्षेत्र आकर्षित नहुने हुँदा सरकारले पहिला पूर्वाधार विकासमा विश्वासको वातावरण बनाउनुपर्ने कँडेलको भनाइ छ । ‘कर्णालीमा लगानी गर्ने उत्सुकता देखिन्छ, लगानीको उपयुक्त स्थानहरू पनि छन्,’ उनले भने, ‘लगानीकर्ताले लगानीको लागि कानुनहरू बाधक भएको देखाएर पन्छिनु हुन्छ ।’ कानुनलाई लगानी मैत्री बनाउन अग्रसर हुनुपर्नेमा उनको जोड थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण