जब १९ वर्षीय अस्ट्रेलियन ब्याट्सम्यान कोन्सटसले भारतीय बलर बुमराहलाई निरीह बनाए
काठमाडौँ । भारतविरुद्धको ‘बक्सिङ डे’ टेस्टमा १९ वर्षीय अस्ट्रेलियन ब्याट्सम्यान साम कोन्सटस आफ्नो उत्कृष्ट प्रदर्शनका कारण चर्चाको विषय बनेका छन् । ओपनर ब्याट्सम्यान कोन्सटसको यो ‘डेब्यू’ टेस्ट हो ।
यतिमात्र होइन, उनले अस्ट्रेलियाको सिनियर टोलीबाट उनले खेलेको पनि यो पहिलो खेल हो । आफ्नो ‘डेब्यू’ टेस्टमै उनले टोलीका लागि उत्कृष्ट अर्धशतकीय पाली खेले । उनले टोलीका लागि ६० रनको योगदान गरे ।
बोर्डर–गावस्कर टेस्ट शृंखला अन्तर्गतको चौथो खेलमा कोन्सटसले केवल ६५ बलको सामना गरी दुई छक्का र ६ चौका पनि हिर्काए । आफ्नो आक्रामक ब्याटिङले उनले प्रभावशाली भारतीय बलर जसप्रित बुमराहलाई पनि हैरान पारे ।
कोन्सटसले तीव्र गतिका बलर बुमराहको तीन वर्ष पुरानो कीर्तिमान पनि तोडे । उनले बुमराहको बलमा एक छक्का र दुई चौका पनि हिर्काए । बुमराहको बलमा कुनै पनि ब्याट्सम्यानले एक हजार एक सय १२ दिनपछि छक्का प्रहार गरेको हो ।
यसअघि, बुमराहले लगातार चार हजार चार सय ८३ बल फाल्दासम्म कुनै पनि ब्याट्सम्यानले उनलाई छक्का हिर्काउन सकेका थिएनन् । अघिल्लो पटक सन् २०२१ मा क्यामरुन ग्रिनले सिड्नीमा खेलिएको खेलमा बुमराहविरुद्ध छक्का प्रहार गरेका थिए ।
मेलबर्नमा जारी चौथो टेस्टको पहिलो दिन बिहीबार ओपनर ब्याट्सम्यान कोन्सटसले २३औँ बलमा छक्का हिर्काएका हुन् । बुमराहको अधिकांश बलमा कोन्सटसले ‘रिभर्स सट’ खेलेका थिए । सुरुमा बुमराहले कोन्सटसलाई केही दबाबमा राखेका थिए ।
तर, केही समयपछि नै बुमराहको हरेक बलमा कोन्सटसले रन बटुल्न थालेका थिए । कोन्सटसले आक्रामक पाली खेल्नेक्रम जारी रहेपछि भारतीय टोलीका कप्तान रोहित शर्माले बलिङको जिम्मेवारी रवीन्द्र जडेजालाई सुम्पिएका थिए ।
भारतीय कप्तानको त्यो योजना सफल पनि भयो । २०औँ ओभरको दोस्रो बलमा जडेजाले कोन्सटसलाई एलबीडब्लूको धरापमा पारेका थिए । कोन्सटसले आफ्नो ‘डेब्यू’ टेस्टमा ९२.२० को स्ट्राइक रेटमा रन बनाएका हुन् ।
उनले केवल ५२ बलमा आफ्नो अर्धशतक पुरा गरेका थिए । उनले बुमराहविरुद्ध खेल्न आफूले निकै पहिलेदेखि योजना बनाएको बताए । ‘बुमराहको बलिङलाई मैले निकै अघिदेखि नियालेको थिएँ । उनीविरुद्ध खेल्न मैले सोही अनुरुप तयारी पनि गरेको थिएँ,’ कोन्सटसले भनेका छन् । उनले मैदानमा हुने गतिविधिलाई मैदानमै छोड्नु पर्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन पालिकालाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
-
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
-
सरकारले गर्यो १० सचिवको सरुवा
-
किसान बचाउन ६ लाख बाँदर मार्नुपर्छ, जेल जान पनि डराउँदिनँ: सांसद राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण