ट्रम्पको पदभार अगावै क्याम्पस फर्किन विदेशी विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयको अनुरोध
शुक्रबार, १२ पुस २०८१, १४ : ३३
वासिङ्टन डीसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० मा राष्ट्रपतिको पदभार ग्रहण गर्दैछन् । यसैबिच अमेरिकाका कयौँ कलेज र विश्वविद्यालयहरू भने भय र अनिश्चयको स्थितिमा छन् ।
ट्रम्पले राष्ट्रपतिको शपथ लिनु अघि नै अमेरिका फर्किन जाडो बिदामा घर फर्किएका विदेशी विद्यार्थीहरूलाई विश्वविद्यालयहरूले अनुरोध गरेका छन् । ट्रम्पले यात्रामा प्रतिबन्ध लगाएमा गृह देशमै अलपत्र पर्न सकिने चिन्ताबिच विश्वविद्यालयले यस्तो अनुरोध गरेका हुन् ।
अमेरिकामा ११ लाखभन्दा धेरै विदेशी विद्यार्थी पढिरहेका छन् । सत्तामा आएपछि ट्रम्पले अध्यागमन नीति थप कसिलो बनाउने कसम खाएका छन् । आफूले पहिलो कार्यकालमा मुस्लिम बहुल देशमाथि लगाएको यात्रा प्रतिबन्ध पनि ब्युँताउने उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छिम्केश्वरी धार्मिक वन हस्तान्तरण
-
एपीएफ स्कुलको रकम हिनामिना आरोपमा इन्स्पेक्टर कल्पना गुरुङ पक्राउ
-
मौलाकालिका : आस्था र आरोग्यको सर्ट हाइकिङ (तस्बिरहरू)
-
खेत रोप्न गएकी महिलाको शारदा नदीमा डुबेर मृत्यु
-
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
मुख्य राजमार्गका ७ स्थानमा पूर्ण अवरोध, ४ स्थानमा एकतर्फी सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण