पुस २२ गतेभित्र ११ र १२ का विद्यार्थीको विवरण अद्यावधिक गर्न निर्देशन
काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कक्षा ११ र १२ का विद्यार्थीहरूको विवरण अद्यावधिक गराउन निर्देशन दिएको छ । देशभरका ७५३ वटै पालिकालाई पत्राचार गर्दै पुस २२ गतेभित्र कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरूको विवरण अनलाइनमार्फत अद्यावधिक गराउन भनेको हो ।
केन्द्रको एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा विद्यार्थीहरूको विवरण अद्यावधिक गराउनुपर्ने केन्द्रले जनाएको छ । यसअघि गत असार २४ गते सूचना जारी गर्दै साउन ७ गतेभित्र विवरण अध्यावधिक गराउन भनेको थियो । सो अवधिमा कक्षा ११ र १२ को भर्ना प्रक्रिया सम्पन्न नभएका कारण उक्त कक्षाका विद्यार्थीहरूको विवरण अद्यावधिक हुन सकेको थिएन । त्यसका लागि समय थप गर्न विद्यालय एवं स्थानीय तहले अनुरोध गरेका थिए ।
विवरण अद्यावधिक गराउँदा ट्रान्सफर गर्न बाँकी विद्यार्थीलाई प्रणालीमार्फत विद्यार्थीको रेकर्ड मेनुको विद्यार्थी ट्रान्सफरबाट स्थानान्तरण भएको विद्यालयमा स्थानान्तरण गर्न भनेको छ ।
वैकल्पिक शिक्षा प्रणालीबाट भर्ना हुन आएका, बिचमा विद्यालय छोडी भर्ना हुन आएका, विगत वर्षमा प्रणालीमा विवरण अभिलिखित नभएका, विदेशी नागरिकका बालबालिका विद्यार्थीहरूको विवरण विद्यालयमा प्रविष्ट गर्ने कार्यमा सहजीकरण गर्न समेत भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभामा बजेटमाथिको छलफल जारी : आज अर्थमन्त्री वाग्लेले जवाफ दिने
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण