कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन शुरु
सुर्खेत । कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन आजदेखि शुरु भएको छ ।
कर्णाली प्रदेश प्रमुखको कार्यालयले जेठ ४ गते अधिवेशन आह्वान गर्न प्रदेश सचिवालयलाई परिपत्र गरेपछि दोस्रो अधिवेशनको पहिलो बैठक शुरु गरिएको सभामुख राजबहादुर शाहीले जानकारी दिए ।
बैठकमा प्रदेशसभा सदस्य गुलाबजंग शाह र सीता नेपालीले अब बजेट अधिवेशन शुरु भएको बताउँदै संघीय गणतन्त्रलाई कार्यान्वयन गर्न कानूनको अभाव रहेको बताए ।
चालीस प्रतिशत बजेट भ्रष्टाचार हुनु अहिलेको प्रमुख चुनौती रहेको जनाउँदै उनीहरूले द्रुतमार्गबाट ल्याएको बजेटको कार्यविधि बन्न नसकेको टिप्पणी गरे ।
प्रतिपक्षी दल नेपाली काँग्रेसका सचेतक हिमबहादुर शाहीले दैलेखमा ६० प्रतिशत जनताका जग्गा अहिले पनि ४९ गुठीमा रहेको भन्दै त्यहाँका ४० प्रतिशत दुःखी जनताका लागि प्रदेश सरकारलाई जिम्मेवार हुन सुझाए ।
प्रदेशसभाको अर्को बैठक आइतबार अपराह्न ३ बजे बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण