रोचक बन्दै इटालियन सिरी’ए, एटलान्टा र नापोलीको अंक बराबरी
सोमबार, १५ पुस २०८१, ०३ : ००

काठमाडौं । इटालियन सिरी’एमा नापोलीले शीर्ष स्थानको एटलान्टासँग अंक बराबरी गरेको छ । आइतबार राती भएको खेलमा भेनेजियालाई १-० ले हराउँदै नापोलीले शीर्ष स्थानको एटलान्टासँग अंक बराबरी गरेको हो । यो सँगै सिरी’ए रोचक बन्दै गएको छ ।
अंक बराबरी भए पनि गोल अन्तरका आधारमा नापोली एक स्थान पछि छ । शीर्ष स्थानको एटलान्टाको गोल अन्तर २३ हुँदा नापोलीको १५ छ । गोल अन्तरका आधारमा समान ४१ अंक भए पनि एटलान्टा पहिलो र नापोली दोस्रो स्थानमा छन् । ४० अंक जोडेको इन्टर मिलान तेस्रो स्थानमा छ ।
आइतबार राती नै युभेन्टस र फायोरेन्टिनाले २-२, एसी मिलान र एएस रोमाले १–१ तथा यूडिनिज र टोरिनो २-२ को बराबरी खेल्दै अंक बाँडे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
अमेरिकाको डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह
-
१० बजे, १० समाचार : तीन दलको बार्गेनिङदेखि एनआरएनएको एकता महाधिवेशनसम्म
-
पश्चिमबाट पूर्वतर्फ सर्दै बादल, ठाउँ ठाउँमा वर्षा