धर्मपुत्रमाथि यौनशोषण गर्ने समलैंगिक जोडीलाई १ सय वर्षको जेल सजाय
जर्जिया । अमेरिकामा एक समलैंगिक जोडीलाई १ सय वर्षको सजाय सुनाइएको छ । यो घटना जर्जियाको एटलान्टाको हो ।
वाल्टन काउन्टी डिस्ट्रिक्ट एटर्नी कार्यालयका अनुसार विलियम र जाचरी सुलकलाई १ सय वर्षको जेल सजाय सुनाइएको छ । उनीहरूमाथि धर्मपुत्र बनाइएका बालकहरूमाथि यौनशोषण गरेको आरोप थियो ।
३४ वर्षीय जाचरी एक बैंक अधिकारी हुन् भने ३६ वर्षीय विलियम एक सरकारी कर्मचारी हुन् । समलैंगिक जोडीले १० र १२ वर्षका दुई दाजुभाइलाई धर्मपुत्र बनाएका थिए । यो जोडीले नियमितरुपमा सामाजिक सञ्जालमा आफ्नो छोराहरूको साथमा तस्बिर राख्दै पोस्ट गर्थे –ह्याप्पी फ्यामिली ।
दुई जनालाई पक्राउ गर्ने तथा घटनाबारे छानबिन गर्ने अधिकारीहरूका अनुसार यो जोडीले नियमित रूपमा ती बालकहरूसँग जबरजस्ती यौनसम्बन्ध बनाउँथे । यो घटनाको खुलासा उनीहरुको नजिकको साथीले गरेका थिए ।
दुई जना मिलेर धर्मपुत्रहरूसँग यौनसम्बन्ध बनाएको भिडियो रेकर्ड गर्थे र उक्त भिडियोलाई पोर्न साइटमा पनि हाल्थे । उनीहरूले उक्त भिडियो स्न्यापच्याटमा साथीहरूलाई साझा गरेपछि एक निकटका साथीले प्रहरीलाई जानकारी दिएका थिए ।
अदालतमा बालकहरूले घटनाको विवरण खुलाएपछि उनीहरूलाई दोषी करार गरियो । अनुसन्धानका क्रममा उनीहरूले ती बालकहरूसँग सम्बन्ध बनाउनका लागि सामाजिक सञ्जालबाट अरूलाई पनि निमन्त्रणा गरेको खुलासा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण