मस्कले चुनाव प्रभावित पार्न खोजेको जर्मनीको आरोप
बर्लिन । जर्मनीले खर्बपति अमेरिकी व्यापारी एलन मस्कमाथि आफ्नो आगामी चुनावलाई प्रभावित पार्न खोजेको आरोप लगाएको छ । अति दक्षिणपन्थी दल अल्टरनेटिभ फर जर्मनी (एएफडी)को पक्षपोषण गर्ने एउटा लेखको समर्थन गरेर मस्कले फेब्रुअरीमा हुन लागेको निर्वाचनलाई प्रभावित पार्न खोजेको सोमबार जर्मन सरकारले आरोप लगाएको थियो ।
मस्क विश्वको सबैभन्दा धनी व्यक्ति हुन् । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पको आगामी सरकारमा बाह्य सल्लाहकार पनि हुन् । जर्मन पत्रिका वेल्ट एम सोन्नट्यागमा एक जना अतिथिले एएफडीलाई जर्मनीको अन्तिम आशा बताउँदै एउटा लेख लेखेका थिए । सो लेखलाई मस्कले एक्समा पोस्ट गरेका थिए । यसलाई जर्मन सरकारले चाँहि जर्मनीको सङ्घीय चुनावलाई प्रभावित पार्ने कोसिस भनेको छ ।
मस्कले भने आफ्नो यस कदमको बचाव गरेका छन् । आफूले जर्मनीमा उल्लेख्य लगानी गरेकोले जर्मनीको राजनीतिबारे सोच्न पाउने आफ्नो अधिकार भएको मस्कको तर्क छ । नियमन, कर र बजारको विनियमनप्रति एएफडीको दृष्टिकोणको मस्कले प्रशंसा गरेका थिए ।
जर्मन चान्सलर ओलाफ स्कल्ज नेतृत्वको गठबन्धन सरकार ढलेको स्थितिमा जर्मनीमा फेब्रुअरी २३ मा संसदीय निर्वाचन हुँदै छ । अहिले भइरहेको जनमत सर्वेक्षणमा मुख्य प्रतिपक्ष दलपछि एएफडी दोस्रो स्थानमा देखा परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण