समिति बैठकमा प्रभु साहको प्रश्न: निजगढ विमानस्थल निर्माण कार्य किन अघि बढेन ?
काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य किन अघि नबढेको भन्दै प्रश्न गरेका छन् ।
संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा अध्यक्ष साहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सरकारले आलटाल र ढिलासुस्ती गरिरहेको बताए ।
समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले मन्त्रालयको चालु आर्थिक वर्षको प्रगतिका बारेमा विवरण पेस गरेपछि विषयमा भएको छलफलमा आजपा अध्यक्ष साहले प्रश्न उठाएका हुन् । मन्त्री पाण्डेले पेस गरेको विवरणमा निजगढ विमानस्थल निर्माणको प्रगति शून्य देखाएपछि आक्रोशित साहले सरकारको चरित्रको बारेमा प्रश्न समेत उठाए ।
‘के सरकार असफल र असक्षम भएको हो ? ढिलासुस्ती र आलटाल किन ? प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा शून्य प्रगतिले सरकार असफल र असक्षम भएको साबित भयो,’ साहले भने, ‘सरकारले एउटा विमानस्थल बनाउन सक्दैन । प्रगति शून्य छ भने सरकार सफल भएको र केही गर्ला, आर्थिक सुधार हुन्छ भन्ने कुरा सर्वसाधारणले कसरी मान्नुपर्ने ?’
नेपाल एयरलाइन्समा घाटै घाटा भएको र जथाभाबी भाडा बढाएकोमा सरकारको उनले आलोचना गरे । जथाभाबी भाडा किन नियन्त्रण नगरेको भन्दै उनले प्रश्न उठाए । यस्तै विभिन्न गैरसरकारी प्रतिष्ठानलाई मन्त्रालयले दिने अनुदान रकमको उपयोगिताको बारेमा समेत उनले प्रश्न उठाएका छन् ।
यसैगरी आजपा अध्यक्ष साहले प्रत्येक पाँच वर्षमा लाग्ने बाराको गढीमाई मेला र जनकपुरको विवाह पञ्चमीमा पर्यटन मन्त्रालयले छुट्ट्याएको बजेटबारे समेत प्रश्न उठाएका छन् ।
पुरातात्त्विक सम्पदाको पर्यटन मन्त्रालयले संरक्षण नगरेको आरोप लगाउँदै उनले जथाभाबी उत्खनन गर्दै छोड्ने काम गरिरहेको बताए । उनले सिम्रौनगढ, मौलापुरको पतौरा, लुम्बिनीमा केही ठाउँमा खन्ने र छोड्ने गरेको प्रति उनले प्रश्न उठाएका हुन् । पतौराकोे पुरातात्त्विक संरचना गुप्तकालिन भएको तर मन्त्रालयले संरक्षण गर्नमा हेलच्क्राई किन गरेको भन्दै उनले प्रश्न उठाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण