उपत्यकामा उत्पादित रायोको सागमा भेटियो अत्यधिक विषादी
काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र उत्पादित रायोको सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । काठमाडौँ र भक्तपुरमा उत्पादित रायोको सागमा अत्यधिक मात्रामा विषादी भेटिएको कालीमाटी तरकारी बजार विकास समितिले जनाएको छ ।
मंगलबार भक्तपुरमा उत्पादित कालिमाटी तरकारी बजारस्थित कृष्णमाया तामाङको ६२४ नम्बरको पसलमा बिक्रीका लागि राखिएको रायोको सागमा कार्वामेट र अर्गानोफस्फेटको मात्रा धेरै भेटिएको छ । उक्त सागमा ५५.६१९६ प्रतिशत कार्वामेट र ७५.५५१ प्रतिशत अर्गानोफस्फेट नामक विषादीमा मात्रा भेटिएको छ ।
यसैगरी कालीमाटीकै ६५३ नम्बरको पसलमा श्रीराम आचार्यले बिक्रीका लागि राखेको काठमाडौँमै उत्पादित रायोको सागमा ९२.२४५ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको छ ।
यसअघि सोमबार पनि भक्तपुरबाट ल्याइएर कालिमाटी तरकारी बजार पसल नम्बर ५५४ मा चेतनाथ सिलवालले बिक्रीका लागि राखिएको रायोको सागमा ९९.३८०९ प्रतिशत अर्गानोफस्फेट भेटिएको थियो ।
बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य ३५ देखि ४५ प्रतिशतसम्म केहिदिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण