साइड नदिएको भन्दै भकुण्डेबेँसीमा गाडी तोडफोड
बुधबार, २४ पुस २०८१, २१ : ४३
काठमाडौं । खोटाङबाट काठमाडौं आउँदै गरेको टाटा सुमोमाथि काभ्रेको भकुण्डेबेँसीबाट केही माथि पात्लेखेत भन्ने ठाउँमा तोडफोड भएको छ । साइड नदिएको निहुँमा तुवाचुङ यातायात प्रालिको बा १ ज ६१७२ नम्बरको टाटा सुमोमा तोडफोड गरिएको हो ।
असोन १० र ११ गतेको अविरल वर्षाका कारण गएको पहिरोले क्षतिग्रस्त वीपी राजमार्ग अहिले साँघुरो छ । विपरित दिशाबाट आउँदै गरेको गाडीलाई साइड नदिएको भन्दै उनीहरुले गाडीमा चारैतिर तोडफोड गरेको भिडियो क्लिपमा देख्न सकिन्छ ।
पछि सुमोका चालकले गाडी भगाएर काभ्रे प्रहरी चौकीसम्म पुर्याएका थिए । गाडी तोडफोड गरेको आरोपमा अहिले काभ्रे प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेकी प्रमुख एसपी बसुन्धरा खड्काका अनुसार भिडियो क्लिपका आधारमा तोडफोड गर्नेलाई पक्राउ गरेर आवश्यक अनुसन्धानका लागि धुलिखेल ल्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चट्याङ लागेर एक महिलाको मृत्यु
-
असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक
-
साेमबार नेकपाको भर्चुअल बैठक बस्ने
-
कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण, १२५ जना पक्राउ
-
भ्रष्टाचार विरुद्धको अभियानमा इराकमा ४७ अधिकारी पक्राउ
-
स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपति पदको अन्तर्वार्ता र प्रस्तुतीकरण मिति तय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण