न्युजिल्यान्डका प्रभावशाली ब्याट्सम्यान मार्टिन गप्टिलको सन्न्यास
काठमाडौँ । न्युजिल्यान्डका प्रभावशाली ब्याट्सम्यान मार्टिन गप्टिलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । ३८ वर्षीय गप्टिल हाल न्युजिल्यान्डको घरेलु टी–२० लिगमा अकल्यान्डबाट खेलिरहेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए पनि फ्रेन्चाइज प्रतियोगितामा सक्रिय रहने उनले जनाएका छन् । उनी पाकिस्तान सुपर लिग (पीएसएल) खेल्न इस्लामाबाद युनाइटेडमा आबद्ध छन् । उनी यसअघि पनि पीएसएलमा सोही क्लबमा आबद्ध थिए ।
गप्टिलले अन्तिम पटक सन् २०२२ को अक्टोबरमा न्युजिल्यान्डको राष्ट्रिय टोलीबाट खेलेका थिए । उनले न्युजिल्यान्डका लागि तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा १३ हजारभन्दा बढी रन बनाएका छन् ।
गप्टिलले ४७ टेस्टको ८९ पालीमा कुल दुई हजार पाँच सय ८६ रन बनाएका छन् । यो ढाँचाको क्रिकेटमा उनले तीन शतक र १७ वटा अर्धशतक पनि बनाएका छन् । यसका अतिरिक्त उनले एक सय ९८ एकदिवसीय अन्तर्राष्ट्रियमा कुल सात हजार तीन सय ४६ रन बनाएका छन् ।
यो ढाँचाको क्रिकेटमा उनले १८ शतक र ३९ अर्धशतक बनाएका छन् । गप्टिलले देशका लागि खेलको एक सय २२ टी–२० अन्तर्राष्ट्रियमा कुल तीन हजार पाँच सय ३१ रन बनाएका छन् । यो ढाँचाको क्रिकेटमा उनले दुई शतक र २० वटा अर्धशतक प्रहार गरेका छन् ।
गप्टिलले तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटमा कुल १२ विकेट पनि लिएका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा न्युजिल्यान्डका लागि गप्टिलभन्दा बढी रन रोस टेलर र स्टिफन फ्लेमिङले मात्र बनाउन सकेका छन् ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोस टेलले कुल आठ हजार ६ सय सात र फ्लेमिटङले कुल आठ हजार सात रन बनाएका छन् । गप्टिल टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भने न्युजिल्यान्डका लागि सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान हुन् ।
‘लामो समय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो देशको प्रतिनिधित्व गर्न पाउनु मेरा लागि गर्वको विषय हो । तर, अब समय आएको छ । मैले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिने निर्णय गरेको छु,’ सन्न्यास घोषणा गर्दै उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण