सरकारको दोहोरो चरित्रका कारण वीरगन्जको विकास ओझेलमा: प्रभु साह
वीरगन्ज । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वीरगन्जको विकासमा सरकार र राजनीतिक दलहरूले बेइमानी गरेको टिप्पणी गरेका छन् । सरकार र नेताहरूको दोहोरो चरित्रका कारण वीरगन्जको विकास ओझेलमा परेको उनको भनाइ छ ।
वीरगन्ज स्थित नारायणी रङ्गशालाको आज निरीक्षण गर्दै आजपा अध्यक्ष साहले सरकारको दोहोरो चरित्रका कारण नारायणी रङ्गशाला जीर्ण बनेको बताए । केही चोर नेताहरूका कारण नारायणी रङ्गशाला जीर्ण भएको र विभेदको सिकार बनेको बताउँदै अब प्रभु साह चुप लागेर नबस्ने चेतावनी समेत उनले दिए ।
‘केपी ओली प्रधानमन्त्री हुनुहुन्छ । उहाँ भर्खर वीरगन्ज आउनुभएको थियो । के उहाँको नजरमा यो नारायणी रंगशाला परेन ? के ठाकुरराम बहुमुखी क्याम्पस, नारायणी अस्पताल, चिनी मिल, कृषि औजार कारखाना उहाँको नजर परेन ? यहाँको घण्टाघर पञ्चायतकालमा बन्यो के उहाँको योगदान केही हुनुपरेन ?’, वीरगन्जको विकासको बारेमा प्रश्न गर्दै साहले भने, ‘यहाँ आएर लम्बालम्बा भाषण गर्ने ? यहाँको विकासको बारेमा केही नसोच्ने ? उहाँको अगाडिपछाडि गर्नेलाई सोध्ने बेला भएको छ । कि त्यो पार्टी छोड या यहाँको विकासको बारेमा केही गर । वीरगन्जमा लुट्ने काम मात्रै उनीहरूले गरे ।’
वीरगन्जबाट राजस्व लिने तर वीरगन्जको विकासका लागि सरकारले केही नगर्ने हो भने जनताले हिसाब किताब गर्नुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण