ट्रम्पको शपथमा दान गर्ने कम्पनीको ओइरो : कसले कति दिए ?
वासिङ्टन डिसी । अमेरिकाको प्रमुख उड्डयन कम्पनी बोइङले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ ग्रहण समारोहका लागि १० लाख अमेरिकी डलर सहयोग गरेको जानकारी दिएको छ । बोइङबाहेक गुगल र माइक्रोसफ्टले पनि सोही रकम दान गरेको पुष्टि गरेका हुन् ।
‘हामी बोइङको द्विपक्षीय परम्परालाई निरन्तरता दिँदै अमेरिकी राष्ट्रपतिको उद्घाटनलाई समर्थन गर्न पाउँदा खुसी छौँ,’ बोइङले भन्यो। कम्पनीले पछिल्ला तीन राष्ट्रपतिको उद्घाटनका लागि समान दान गरेको बताएको छ।
ट्रम्पको शपथ ग्रहण समारोहमा चन्दा दिनेहरूमध्ये धेरै अमेरिकी कम्पनीहरू छन्। यसमा तेल उत्पादक कम्पनी शेभरन र टेक्नोलोजी कम्पनी मेटा, अमेजन र उबर समावेश छन्।
कार कम्पनीहरू फोर्ड, जनरल मोटर्स र टोयोटाले पनि उद्घाटन समारोहमा १०-१० लाख अमेरिकी डलर सहयोग गरेका छन्।
ट्रम्पले जनवरी २० मा अमेरिकाको राष्ट्रपतिको शपथ लिन लागेका छन् । यो उनको दोस्रो कार्यकाल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकारको १०० दिन, परिणाममुखी कार्यान्वयन नै अबको परीक्षा : उपेन्द्र यादव
-
सञ्चारमाध्यमप्रति सरकारको दृष्टिकोणमा सङ्कुचन आयो: अध्यक्ष शर्मा
-
दलित, महिला, सीमान्तकृत समुदायका लागि आवाज उठाइरहन्छु : सांसद रम्तेल
-
ध्रुवे हात्तीको आतंक: घरमै पसेर आमा–छोराको लियो ज्यान, स्थानीयको प्रदर्शनपछि चारबुँदे सहमति
-
छिम्केश्वरी धार्मिक वन हस्तान्तरण
-
एपीएफ स्कुलको रकम हिनामिना आरोपमा इन्स्पेक्टर कल्पना गुरुङ पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण