जिउनुको अर्थ सकियो
शिशिरको पालुवा जस्तै, मन उजाडियो
मरिसकेको दिलमा बसेको एउटा आकृति उजाडियो
आँखा पहिल्यै रित्तिएका थिए, भरोसा नि उजाडियो
बाँकी के छ र ! रित्तो जिन्दगी ! त्यो पनि बढारियो ।
गोरेटोमा भेटियो, बिचैमा बाटो मोडियो
सेतो गुलाब, लुछेर फालिएको कौमार्य
कुइनेटामा राताम्मे लास भेटियो
तिमीले फेरेको काँचुलीमा मेरो भविष्य लेखियो ।
बिना गणित जोडियो, चौबाटोमा गुणन गरियो
भ्रूण, दल, जरा, बोट, कोपिला, फूल कता कता जोडियो !
समाजको बगैँचामा दुर्गन्धित बनाइ छाडियो
भूमिका उस्तै !! गोडमेल मेरो गरियो ।
झुटो दिलमा बास बस्यौँ ! फेरी छोडियो
वासनाको पछि लाग्यौँ घृणा जोडियो
प्रकृति हुँ ! जननी हुँ ! भन्ने अहङ्कार तोडियो
पत्रपत्र खोतलेर विचलित बनाइ छोडियो ।
तिम्रो बस्तीमा कोमल फक्रियो ! मेरो सासै रोकियो
जित्नु, पाउनुको परिभाषा फेरियो, सँगैको यात्राको अर्थ फेरियो
यादको मलामी जाँदा जाँदै हत्केलाको रेखा फेरियो
फरक यात्रीको साथमा जिउनुको अर्थ सकियो ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण