प्रेस चौतारी नेपालद्वारा ११ बुँदे काठमाडौँ घोषणापत्र जारी
काठमाडौँ । प्रेस चौतारी नेपालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध प्रयोगमा जोड दिँदै ११ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ । चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा भएको छैटौं केन्द्रीय समितिको बैठकपछि जारी घोषणापत्रमा सञ्चारमाध्यममा प्रकाशित सामग्रीलाई लिएर आमसञ्चार माध्यमका प्रकाशक, सम्पादक र र पत्रकारविरुद्ध विद्युतीय अपराधमा प्रहरीले मुद्दा चलाउने गरेकामा विरोध जनाएको छ ।
घोषणापत्रमा भनिएको छ, “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचना प्रवाहको स्थापित अन्तर्राष्ट्रिय मूल्य, मान्यता तथा अभ्यास र नेपालको संविधानले आत्मसात गरेको सिद्धान्त अनुकूल प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध प्रयोगको वातावरण निर्माण जरुरी छ ।”
चौतारीले श्रमजीवी पत्रकारसम्बन्धी ऐनको पूर्ण कार्यान्वयनको माग समेत गरेको छ । श्रमजीवी पत्रकारको निःशुल्क दुर्घटना बिमालाई स्वास्थ्य बिमामा रुपान्तरण गरी त्यसको प्रभावकारी कार्यान्वयन र ज्येष्ठ पत्रकार सम्मान वृत्ति कोष रकमको वृद्धिको माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातै प्रदेशको बजेट आज आउँदै : कुन प्रदेशको कति बजे ?
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण