कविता
नपढेको भए
शनिबार, २७ पुस २०८१, १४ : ०४
नपढेको भए
म गाउँमै रमाएर बस्थेँ
खेतीपाती मेलापात
सरल सुखी परिवार
खुसीयाली मै बित्दथ्यो
नपढेको भए
म सहरको जालोमा फस्दिनथेँ
पैसाको पछि मात्र दगुर्दिनथेँ
कार बंगला गरगहना थुपार्ने
लोभ लालचमा पर्दिनथेँ
नपढेको भए
म जागिरको खोजीमा
विदेश हानिन्थेँ
काम खोज्दा खोज्दै
देशबाट पर पुग्दिनथेँ
नपढेको भए
म कुनै राजनीतिक दल समातेर
आफ्नै देशमा हुन्थेँ
चुनाव लडेर देशको
प्रधानमन्त्री हुनसक्थेँ
बेकारमा धेरै पढेछु
आखिर ठिकठिकै
पढेको भए नि हुनेरैछ
दुःख र मेहनतमात्र
धेरै गरिएछ बिनसित्तिमा
बेसी पढ्नेले पनि
धेरै के नै गरेका छन् र
जे जे जसो जसो गरे पनि
त्यही एउटा पेट भरेर
एउटा जीवन बाँच्ने त हो नि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण