कविता
नपढेको भए
शनिबार, २७ पुस २०८१, १४ : ०४

नपढेको भए
म गाउँमै रमाएर बस्थेँ
खेतीपाती मेलापात
सरल सुखी परिवार
खुसीयाली मै बित्दथ्यो
नपढेको भए
म सहरको जालोमा फस्दिनथेँ
पैसाको पछि मात्र दगुर्दिनथेँ
कार बंगला गरगहना थुपार्ने
लोभ लालचमा पर्दिनथेँ
नपढेको भए
म जागिरको खोजीमा
विदेश हानिन्थेँ
काम खोज्दा खोज्दै
देशबाट पर पुग्दिनथेँ
नपढेको भए
म कुनै राजनीतिक दल समातेर
आफ्नै देशमा हुन्थेँ
चुनाव लडेर देशको
प्रधानमन्त्री हुनसक्थेँ
बेकारमा धेरै पढेछु
आखिर ठिकठिकै
पढेको भए नि हुनेरैछ
दुःख र मेहनतमात्र
धेरै गरिएछ बिनसित्तिमा
बेसी पढ्नेले पनि
धेरै के नै गरेका छन् र
जे जे जसो जसो गरे पनि
त्यही एउटा पेट भरेर
एउटा जीवन बाँच्ने त हो नि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद् बैठक बहिष्कार गरेको दिनको भत्ता नलिने राप्रपाको घोषणा
-
सभामुख घिमिरे र रास्वपाका नेताहरूबिच छलफल
-
मुस्ताङमा स्याउ बगैचाभित्र जौ खेती : दोहोरो आम्दानी
-
सभामुखमाथि टिप्पणी गर्नेलाई योगेशको प्रश्न : एक पटक ऐनामा अनुहार हेर्ने कि ?
-
इरानी क्षेप्यास्त्र आक्रमणका कारण तेल अभिभमा १२ जना घाइते
-
देश बनाउन प्रचण्डको विकल्प छैन : अग्नि सापकोटा