काठमाडौँ जिल्ला अदालतमा रवि लामिछानेको बयान सुरु

काठमाडौँ । सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएका रास्वपाका सभापति रवि लामिछानेको थुनछेक बयान सुरु भएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा बयान सुरु भएको हो ।
काठमाडौँ जिल्ला अदालतका ६ नम्बर बरीयताका न्यायाधीश अधिकारीको इजलासमा लामिछानेको बयान सकिएपछि आजै थुनछेक बहस हुनेछ ।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोग पत्र दायर भएपछि उनी आइतबार आफैँ अदालतमा हाजिर भएका हुन् । गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । रविलाई सरकारी वकिलले सो ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदावी गरेको छ ।
अभियोग पत्रमा उल्लेख भए अनुसार ७५ लाख १० हजार २ सय रुपैयाँ रेमिट मार्फत विदेश पठाएको फेला भेटिएको छ । २०२१ र २०२२ मा सो रकम गएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सो रकम रवि लामिछानेको नामबाट विदेशमा पठाएको भेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
३ जना मृतावस्थामा फेला
-
गुजरातविरुद्धको खेलमा विराटको कीर्तिमान तोड्न सक्छन् केएल राहुलले
-
मखन आगलागी : छानबिन गरेर १० दिनभित्र रिपोर्ट बुझाउन उपप्रमुख डंगोलको निर्देशन
-
विपिन कुमार गुरुङ : पूर्व भलिबल खेलाडीदेखि सफल व्यवसायी र समाजसेवीसम्म
-
कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह