तस्बिरमा हेर्नुहोस् काठमाडौँ महानगरको परम्परागत खाद्य मेला
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘स्वच्छ खाना: उत्कृष्ट व्यापार’को नारासहित परम्परागत खाद्य मेला २०८१ आयोजना गरेको छ । ‘स्वच्छ भान्छा’ स्वर्णिम योजनाअन्तर्गत सञ्चालित ‘खाद्य स्वच्छता शिविरमार्फत रचनात्मक उद्योगको प्रवर्धन’ गर्ने उद्देश्यसहित मेला आयोजना गरिएको महानगरले जनाएको छ ।
रैथाने तथा मौलिक खानाका परिकार उत्पादन गर्ने सिपलाई रचनात्मक उद्योगका रूपमा प्रवर्धन गर्ने उद्देश्यले दरबार हाई स्कुलको प्राङ्गणमा आयोजना गरिएको यो मेलामा १६ वटा स्टल छन् ।
‘काठमाडौँका जात्रापर्व, धार्मिक, सामाजिक तथा सांस्कृतिक रीतिरिवाजसँगै ऋतुअनुसार बनाइने स्थानीय खाद्य बस्तु मेलाका आकर्षण हुन् । मौलिक स्वादका रैथाने एवम् स्थानीय खानाका परिकार ‘एक वडा ः एक उद्यम’ अन्तर्गत उत्पादित खाद्य वस्तु प्रदर्शनीमा उपलब्ध छन्,’ नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।
रैथाने तथा मौलिक खानाको प्रवर्धनका लागि समेत आयोजना गरिएको यो मेलामा नेवाः परिकारका साथै स्थानीय उद्योगले उत्पादन गरेका विभिन्न सामाग्री प्रदर्शनीमा राखिएको छ ।
_W3187LbBvC.jpg)
_vZlukcvwu3.jpg)
_5nVfC1aoI4.jpg)
_HK2X1K9RMn.jpg)
_kO8gdlYRCU.jpg)
_9lski73UrG.jpg)
_kXyeTlcHMT.jpg)
_lrU74REHPn.jpg)
_Ep1zIMHhEK.jpg)
_OtavzdUIta.jpg)
_OCvAhV8UOL.jpg)
_swxOv6ww1B.jpg)
_RaH1CvYw95.jpg)
_dHktQTYQCT.jpg)
_TRhgNCXkvs.jpg)
_QzVyq8Ij8i.jpg)
_P10m79IhTj.jpg)
_pEhsqbtlsR.jpg)
_H0j4xve5gz.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण