विराट र रोहितलाई नै उनीहरूको भविष्य तय गर्न दिनुपर्छ : कपिल देव
नयाँ दिल्ली । भारतीय क्रिकेट टोलीका पूर्व कप्तान कपिल देवले विराट कोहली र रोहित शर्मा धेरै ठुला खेलाडी भएकाले उनीहरूलाई नै खेलमा आफ्नो भविष्य तय गर्न दिनुपर्ने बताएका छन् ।
अस्ट्रेलिया भ्रमणमा खराब प्रदर्शन गरेपछि कप्तान रोहित शर्मा र अनुभवी विराट कोहलीको भविष्यबारे धेरै अड्कलबाजी भइरहेको छ । यसैबिच कपिललाई रोहित र विराटको भविष्यको बारेमा सोधिएको थियो।
कोहलीले पछिल्ला ९ इनिङ्समा एक शतकसहित १९० रन मात्र बनाउन सके । उनी बारम्बार अफ स्टम्प बाहिर जाने बलमा क्याच आउट भएका थिए । कप्तान रोहित शर्माको आँकडा झनै खराब थियो। उनले ३ खेलको ५ इनिङ्समा ३१ रन मात्र बनाउन सके ।
खराब फर्मका कारण रोहितले सिड्नी टेस्टबाट बाहिरिनु परेको थियो । यसका बाबजुद भारतले ५ खेलको सिरिज १-३ ले गुमाउनु परेको थियो ।
फरक प्रसंगमा इङ्ल्यान्डविरुद्धको टी–२० सिरिजका लागि भारतीय टोलीमा यशस्वी जैसवाल र ऋषभ पन्त जस्ता आक्रामक ब्याट्सम्यानलाई समावेश नगरेकोमा कपिलले भने, ‘मलाई अरूको निर्णयको वास्ता छैन । यसमा केही भन्न चाहन्न । चयनकर्ताले केही सोचविचार गरेर टोली छनोट गरेको हुनुपर्छ । यदि मैले केही बोलेँ भने सायद मैले उनीहरूको आलोचना गर्नुपर्छ। म आलोचना गर्न चाहन्न।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण