यार्सागुम्बा संकलन गर्न गएका तीनजनाको मृत्यु
जाजरकोट - डोल्पामा यार्सागुम्बा संकलन गर्न गएका तीनजनाको शनिबार लेक लागेर मृत्यु भएको छ भने एकजनाको उद्धार गरिएको छ ।
डोल्पाको ठूलीभेरी नगरपालिका वडा नं १० मा पर्ने ग्यालवारा पाटन पुगेका त्रिपुरासुन्दरी नगरपालिका–१०, लिकुका ३० वर्षीय नारायणप्रसाद पहाडीको लेक लागेर मृत्यु भएको हो । त्यस्तै, डोल्पोबुद्ध गाउँपालिकाको धो ताक्सी पाटन पुगेका जाजरकोट नलगाड नगरपालिका–८ खगेनकोट का १५ वर्षीय भद्रबहादुर चनाराको पनि लेक लागेर मृत्यु भएको छ । उनीहरुलाई लेक लागेपछि उपचारका लागि दुनैतर्फ ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, काइके गाउँपालिकाको सुन्दरे शेर्पा आधारभूत विद्यालय टुप्पाताराका शिक्षक शेरबहादुर राना झाँक्रीको पनि यार्सागुम्बा टिप्न ठाँगे पाटनतर्फ जाँदै गरेको बेला लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, धो ताक्सी पाटनमा लेक लागेर सिकिस्त बिरामी परेका रुकुम आठबीसकोट नगरपालिकाका हरिबहादुर शाहीलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी थप उपचारका लागि नेपालगञ्ज पु¥याइएको जिल्ला प्रशासन कार्यालय, डोल्पाले जनाएको छ ।
विश्वकै उच्च मानव वस्ती मानिने धो ताक्सी चार हजार २०० मिटरको उचाइमा रहेको बस्ती हो । धो ताक्सी वस्तीभन्दा माथि उचाई भएका पाटनमा यार्सागुम्बा पाइन्छ ।
सञ्चार समस्याका कारण पाटनबाट यथार्थ जानकारी आउन कठिन रहेको प्रहरीले जनाएको छ । सानातिना स्वास्थ्य समस्यालाई समस्या नमान्ने र अन्तिम अवस्था आएपछि मात्र गुहार्ने परम्पराले उद्धारमा कठिनाइ आउने गरेको अनुभव रहेको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रप्रसाद चापागाईंले बताउनुभयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण