बौधीमाईका मेयरविरद्ध नाराबाजी र प्रदर्शन
रौतहट । रौतहटको बौधीमाई नगरपालिकाका मेयर प्रदीप यादवविरुद्ध स्थानीयले नाराबाजी र प्रदर्शन गरेका छन् ।
बुधबार नगरपालिकाको कार्यालय अगाडि जम्मा भएर स्थानीयले मेयर यादवको कार्यशैलीविरुद्ध नारावाजीसहित प्रदर्शन गरेका हुन् ।
उनीहरुले भ्रष्टाचारी मेयर मुर्दावाद, भ्रष्टाचारीलाई कारबाही गरलगायतका नारा लगाउँदै मापदण्ड नबनाई मनोमानी ढंगले मेयर यादवले सडक बिस्तारका नाममा स्थानीयका घर भत्काएर दुख दिएको बताएका छन् ।
स्थानीय अगुवा एवं पूर्ववडाध्यक्ष श्रीभगवान पटेलले मापदण्ड बनाएर सडक बिस्तार गर्नुको साटो मेयरले मनोमानी रूपमा जथाभाबी घर भत्काएर दुख दिएको बताए ।
‘मेयर आफैले लट्ठी लिएर स्थानीयलाई कुटपिट गरेका छन्, स्थानीयको घरमा तोडफोड गर्ने मेयरलाई कारबाही हुनुपर्छ,’ पटेलको भनाइ छ ।
यस्तै स्थानीय आन्दोलनकारीले मेयर यादवले विभिन्न आयोजनामा गरेको भ्रष्टाचारको छानबिन हुनुपर्ने र दोषीलाई कारबाही हुनुपर्ने लगायतका माग समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभाको शुक्रबारको बैठकका लागि सम्भावित कार्यसूची तय
-
लुम्बिनीमा बजेटमाथिको छलफल अन्योल, लगातार सर्दै प्रदेश सभा बैठक
-
६ पदाधिकारीको मतदान राति ९ बजे, नतिजा घोषणा मध्यराति
-
वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण
-
होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटमपछि सुकुमबासीको चेतावनी, ‘विकल्प नदिए पुरानै ठाउँमा छाप्रो हाल्छौँ’
-
जापानको उत्तरी तटीय क्षेत्रमा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण