त्रिपाठीमाथिको आक्रमण कानुनी राज्यकै उपहास : उप्रेती
बिहीबार, ०३ माघ २०८१, ०७ : २२

काठमाडौँ । राप्रपा सहकोषाध्यक्ष शोभित उप्रेतीले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी माथिको आक्रमणले लोकतन्त्रको उपहास र कानुनी राज्यको धज्जी उडाएको भन्दै आक्रमणको निन्दा गरेका छन् ।
काठमाडौँ जिल्ला अदालतमा बहस सकेर फर्किनेबेला एक समूहले त्रिपाठीमाथि आक्रमण गरेको थियो। उप्रेतीले घटनामा संग्लग्नलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन् ।
उप्रेती भन्छन्–'आफ्नो कानुन व्यवसायको सन्दर्भमा अदालतमा बहस गरेकै कारण कानुन व्यवसायीमाथि भएको हातपात निन्दनीय छ । यसले कानुनी राज्यको धज्जी उडाएको छ । कुनै पनि प्रकारका अराजकता, गुन्डागर्दी नेपाली समाजमा स्वीकार्य हुन सक्दैन । अपराधीलाई तत्काल गिरफ्तार गरी कानुनी कार्यवाहीको लागि सरकारसँग हार्दिक अपिल गर्दै अपराधका विरुद्ध एक हुन काठमाडौँवासी प्रति हार्दिक अपिल गर्दछु ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रकृति लम्सालको मृत्युको विषयमा भारतीय दूतावास अगाडि अनेरास्ववियूको प्रदर्शन, तस्बिरहरु
-
विकास र समृद्धिका लागि दुई ठुला दलको सरकार बन्यो : गृहमन्त्री लेखक
-
युगान्डाविरुद्धको मैत्रीपूर्ण खेलका लागि क्यानद्वारा प्रारम्भिक टोलीको घोषणा
-
६१ प्रतिशत सेयरको मूल्य घट्दा पनि दोहोरो अंकले बढ्यो बजार, कारोबार १० अर्ब माथि
-
विपक्षी सांसदले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले नदिएकोमा शक्ति बस्नेतको आपत्ति
-
अध्यादेशका कन्टेन्ट प्रतिस्थापन विधेयकमार्फत सच्याउन सकिन्छ : घिमिरे