नर्भिक अस्पतालद्वारा चन्द्रागिरि नगरपालिकालाई अत्यावश्यक औषधि सहयोग
काठमाडौँ । नर्भिक इन्टरनेसनल अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत चन्द्रागिरि नगरपालिकालाई अत्यावश्यक औषधि सहयोग गरेको छ ।
एक कार्यक्रमबीच अस्पतालका प्रशासन प्रमुख विमल बोगटीले मेयर घनश्याम गिरीलाई औषधि हस्तान्तरण गरेका हुन् । अस्पतालले मधुमेह, उच्च रक्तचाप तथा एन्टिबायोटिकलगायतका अत्यावश्यक औषधि सहयोग गरेको जनाएको छ ।
सो अवसरमा मेयर गिरीले नगरवासीलाई अत्यावश्यक औषधि उपलब्ध गराइदिन गरिएको आग्रहलाई स्वीकार गर्दै नर्भिकले औषधि सहयोग गरेकोमा धन्यवाद दिए । उनले आगामी दिनमा पनि यस्ता सहयोग रहने अपेक्षा गरे ।
समारोहमा अस्पताल प्रशासन प्रमुख बोगटीले नगरपालिकालाई अत्यावश्यक औषधि उपलब्ध गराउन पाएकोमा खुसी व्यक्त गर्नुभयो । टेण्डर प्रक्रियामा जाँदा लामो समय लाग्ने भएपछि नगरले तत्काल आवश्यक मधुमेह, उच्च रक्तचाप लगायतका औषधिका लागि अस्पताललाई आग्रह गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण