लगातार तेस्रो वर्ष पनि घट्यो चीनको जनसंख्या

बेइजिङ । चीनको जनसंख्या लगातार ओरालो लागिरहेको छ । सन् २०२४ मा चीनको जनसंख्या १ अर्ब ४० करोड रहेको थियो । यो गत वर्षको तुलनामा १३ लाख कम हो । योसँगै लगातार तेस्रो वर्ष पनि जनसंख्या घटेको हो । जनसंख्यामा निरन्तर आइरहेको कमीले राष्ट्रपति सि जिनपिङ सरकारको चिन्ता बढाएको छ ।
जन्मदरमा आएको कमीका कारण हालैका वर्षमा चीनको जनसंख्या घटिरहेको छ । चीनले कयौं वर्षसम्म बढ्दो जनसंख्या नियन्त्रण गर्न एक सन्तान नीति लागू गरेको थियो । सरकारले जारी गरेको प्रतिवेदनमा देशमा वृद्धवृद्धाको जनसंख्या बढ्दै गएको र काम गर्ने उमेर समूहका मानिसहरूको संख्या खुम्चिँदै गएको उल्लेख गरिएको छ ।
चिनियाँ युवाहरू आफ्नो भविष्य, जागिरको सुरक्षा र बढ्दो जीवनयापन खर्चको चिन्ताले गर्दा विवाहमा ढिलाइ गरिरहेका छन् । विवाह गर्नेहरूले पनि सन्तान पाइरहेका छैनन् । चिनियाँहरूको औसत आयु बढिरहेको छ । तर जन्मदर नबढ्दा सरकार चिन्तित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतका नेपाली व्यवसायीलाई ‘इन्टरप्रेनर अफ द इयर २०२५’ को अवार्ड
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेर्नुहोस् राशिफल
-
बजेटको पूर्वसन्ध्यामा ईभीको आयात बढ्यो
-
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर
-
बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो