लगातार तेस्रो वर्ष पनि घट्यो चीनको जनसंख्या
बेइजिङ । चीनको जनसंख्या लगातार ओरालो लागिरहेको छ । सन् २०२४ मा चीनको जनसंख्या १ अर्ब ४० करोड रहेको थियो । यो गत वर्षको तुलनामा १३ लाख कम हो । योसँगै लगातार तेस्रो वर्ष पनि जनसंख्या घटेको हो । जनसंख्यामा निरन्तर आइरहेको कमीले राष्ट्रपति सि जिनपिङ सरकारको चिन्ता बढाएको छ ।
जन्मदरमा आएको कमीका कारण हालैका वर्षमा चीनको जनसंख्या घटिरहेको छ । चीनले कयौं वर्षसम्म बढ्दो जनसंख्या नियन्त्रण गर्न एक सन्तान नीति लागू गरेको थियो । सरकारले जारी गरेको प्रतिवेदनमा देशमा वृद्धवृद्धाको जनसंख्या बढ्दै गएको र काम गर्ने उमेर समूहका मानिसहरूको संख्या खुम्चिँदै गएको उल्लेख गरिएको छ ।
चिनियाँ युवाहरू आफ्नो भविष्य, जागिरको सुरक्षा र बढ्दो जीवनयापन खर्चको चिन्ताले गर्दा विवाहमा ढिलाइ गरिरहेका छन् । विवाह गर्नेहरूले पनि सन्तान पाइरहेका छैनन् । चिनियाँहरूको औसत आयु बढिरहेको छ । तर जन्मदर नबढ्दा सरकार चिन्तित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण