मधेस प्रदेश सरकारद्वारा सहिद परिवारका सदस्यहरूलाई सम्मान
शनिबार, ०५ माघ २०८१, १८ : २२
जनकपुर । मधेस प्रदेश सरकारले सहिद परिवारका सदस्यहरूलाई सम्मान गरेको छ । मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गत रहेको मधेसी सहिद प्रतिष्ठानले बलिदानी दिवसको अवसरमा आयोजना गर्दै सहिद परिवारलाई सम्मान गरेको हो ।
सो अवसरमा बोल्दै मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सहिद परिवारको सम्मानमा प्रदेश सरकारले कुनै कमी नराख्ने बताए । उनले मधेसलाई अधिकार सम्पन्न बनाउन अझै संघर्षको आवश्यकता रहेको बताए।
सहिद परिवारका सम्पूर्ण सदस्यको बीमा गर्ने कार्यक्रम सुरु गरेको बताए । कार्यक्रममा सहिद परिवारका सदस्य तथा जिउँदो सहिदहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभाको शुक्रबारको बैठकका लागि सम्भावित कार्यसूची तय
-
लुम्बिनीमा बजेटमाथिको छलफल अन्योल, लगातार सर्दै प्रदेश सभा बैठक
-
६ पदाधिकारीको मतदान राति ९ बजे, नतिजा घोषणा मध्यराति
-
वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण
-
होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटमपछि सुकुमबासीको चेतावनी, ‘विकल्प नदिए पुरानै ठाउँमा छाप्रो हाल्छौँ’
-
जापानको उत्तरी तटीय क्षेत्रमा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण