राष्ट्रपतिको पदभार पछि चीन जान चाहन्छन् ट्रम्प
वासिङ्टन डिसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प चीनसँगको सम्बन्ध सुधार गर्न चाहन्छन् । राष्ट्रपतिको रूपमा शपथ लिएपछिको आफ्नो पहिलो विदेश भ्रमणमा उनले चीनको भ्रमण गर्न सक्ने खबरहरू आएका छन् ।
ट्रम्पका नजिकका व्यक्तिहरूलाई उद्धृत गर्दै रोयटर्स लगायत अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले यस्तो समाचार छापेका छन् । सोमबार ट्रम्पको शपथ ग्रहण हुँदैछ । यसमा चीनबाट उप–राष्ट्रपति हान चेङ सहभागी हुने भन्दै चीनको सरकारी सञ्चार माध्यमहरूले शुक्रवार समाचार छापेका थिए ।
मिडिया रिपोर्टका अनुसार ट्रम्पले राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेपछि चीनको भ्रमण गर्न चाहेको आफ्ना सल्लाहकारहरूलाई बताएका छन् । चुनावी अभियानका क्रममा ट्रम्पले चीनबाट आउने सामानहरूमा भारी कर लगाउने धम्की दिएका थिए । चीन भ्रमण गर्ने उनको चाहनालाई अमेरिका र चीनबिचको सम्बन्ध सुधार गर्ने प्रयासको रूपमा हेरिएको छ । यसैबिच ट्रम्प र सिले टेलिफोनमा कुराकानी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकारको १०० दिन, परिणाममुखी कार्यान्वयन नै अबको परीक्षा : उपेन्द्र यादव
-
सञ्चारमाध्यमप्रति सरकारको दृष्टिकोणमा सङ्कुचन आयो: अध्यक्ष शर्मा
-
दलित, महिला, सीमान्तकृत समुदायका लागि आवाज उठाइरहन्छु : सांसद रम्तेल
-
ध्रुवे हात्तीको आतंक: घरमै पसेर आमा–छोराको लियो ज्यान, स्थानीयको प्रदर्शनपछि चारबुँदे सहमति
-
छिम्केश्वरी धार्मिक वन हस्तान्तरण
-
एपीएफ स्कुलको रकम हिनामिना आरोपमा इन्स्पेक्टर कल्पना गुरुङ पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण