६ महिनामा देशको व्यापार घाटा नाघ्यो सात खर्ब
सोमबार, ०७ माघ २०८१, १७ : १६
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्ममा (६ महिनामा) ९ खर्ब २१ अर्ब १५ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । गत वर्ष २०८०/८१ मा ८ खर्ब ४३ अर्ब १३ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।
जसअनुसार वैदेशिक व्यापारमा ७.०६ प्रतिशतले सुधार आएको छ । चालु वर्षमा आयात निर्यातमा पनि सुधार देखिएको छ । २०८१ पुस मसान्तसम्म ८ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।
सो अवधिमा ९८ अर्ब ७८ करोड रुपैयाँको वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ । यसअनुसार ८९.२८ प्रतिशत आयात हुँदा १०.७२ प्रतिशत निर्यात भएको छ । जसअनुसार देशको व्यापार घाटा ७ खर्ब २३ अर्ब ५८ करोड नाघेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण