सहकारी ठगी प्रकरण
अदालतमा उपस्थित हुन रुपन्देही आए रवि लामिछाने
मङ्गलबार, ०८ माघ २०८१, १६ : ५४
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अदालतमा उपस्थित हुन मंगलबार रुपन्देही आएका छन् ।
लामिछाने विमानस्थल हुँदै भैरहवा आएका हुन् । भैरहवामा उनी देवकोटा चोकस्थित एक होटलमा बस्ने र बुधबार अदालत हाजिर हुने रास्वपा लुम्बिनी प्रदेश उपाध्यक्ष सालिकराम घिमिरेले जानकारी दिए ।
रविसँगै निकिता र केही केन्द्रीय नेता पनि रुपन्देही आएका हुन् ।
बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनको मुद्दामा बयानका लागि लामिछाने मंगलबार रुपन्देही आएका हुन् ।
सरकारी वकिलको कार्यालयले पूरक अनुसन्धान गरेर मुद्दा चलाउने राय लिएपछि रुपन्देही जिल्ला अदालतमा रविविरुद्ध मुद्दा दर्ता भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण