सहकारी ठगी प्रकरण
अदालतमा उपस्थित हुन रुपन्देही आए रवि लामिछाने
मङ्गलबार, ०८ माघ २०८१, १६ : ५४

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अदालतमा उपस्थित हुन मंगलबार रुपन्देही आएका छन् ।
लामिछाने विमानस्थल हुँदै भैरहवा आएका हुन् । भैरहवामा उनी देवकोटा चोकस्थित एक होटलमा बस्ने र बुधबार अदालत हाजिर हुने रास्वपा लुम्बिनी प्रदेश उपाध्यक्ष सालिकराम घिमिरेले जानकारी दिए ।
रविसँगै निकिता र केही केन्द्रीय नेता पनि रुपन्देही आएका हुन् ।
बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनको मुद्दामा बयानका लागि लामिछाने मंगलबार रुपन्देही आएका हुन् ।
सरकारी वकिलको कार्यालयले पूरक अनुसन्धान गरेर मुद्दा चलाउने राय लिएपछि रुपन्देही जिल्ला अदालतमा रविविरुद्ध मुद्दा दर्ता भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
बुण्डेस लिगाको उपाधि उचाल्दै बायर्न म्युनिखले गर्यो जिनको सुखद अन्त्य
-
एक दशकपछि रामबहादुरको मुहारमा फिरेको खुसी
-
ढकमक्क फुलेका गुलमोहरमा लोभिए पर्यटक
-
चार वायु थप सक्रिय, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
प्रतिनिधि सभा बैठक : यस्तो छ आजको कार्यसूची ?