कांग्रेस स्वास्थ्य विभाग प्रमुख थापाद्वारा दलित बालबालिकालाई ब्याग वितरण
सर्लाही । नेपाली कांग्रेसकी युवा नेतृ एवं मधेस प्रदेश कार्य समिति सदस्य शर्मिला थापाले सर्लाहीका विपन्न एवं दलित समुदायका बालबालिकाहरूलाई स्कुल ब्याग वितरण गरेकी छिन् ।
सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नम्बर १ किशनपुर गाउँस्थित दलित एवं विपन्न वर्गको समुदायमा नेतृ थापाले एक सय विपन्न तथा दलित समुदायका बालबालिकाहरूलाई मङ्गलवार स्कुल ब्याग वितरण गरेकी हुन् ।
मधेस प्रदेशको स्वास्थ्य विभाग प्रमुख समेत रहेकी महिला नेतृ थापाले चिसोको मौसममा आर्थिक अभावका कारण विद्यार्थीहरू विद्यालय जाँदा पाठ्यपुस्तक एवं कपी राख्न ब्यागको अभाव रहेको हुँदा नेतृ थापाले स्कुले बालबालिकालाई ब्याग वितरण गर्न पाउँदा निकै खुसी लागेको बताइन् ।
आर्थिक अभावका कारणले ब्याग किन्ने पैसा नहुँदा विद्यार्थीहरू हात र झोलामा किताब, कापी राखेर पढ्न जाने गरेको गुनासो आएपछि पैसाको कमजोरीले ब्याग किन्न नसक्ने गरिब तथा विपन्न परिवारका बालबालिकालाई आफूले आफ्नो निजी लगानीमा ब्याग खरिद गरी उपलब्ध गराएको उनले बताइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेल उत्पादनको कोटा नबढाए ओपेक छोड्नबारे विचार गर्दैछ इराक
-
पश्चिम एसियाबाट तेलको आपूर्ति बढ्ने अपेक्षासँगै लगातार घटिरहेछ तेलको भाउ
-
१० हजार भायल एन्टी रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय
-
प्रतिपक्षको अवरोधकाबिच कर्णाली प्रदेश सभा बैठक स्थगित
-
केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गरिने
-
रास्वपा केन्द्रीय सदस्य निर्वाचनमा एक तिहाइ प्रतिनिधि मतदानबाट बाहिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण