सुमेरु सहकारीको ३ कार्यालयमा सिल
मकवानपुर । बागमती प्रदेश सरकारले ललितपुरको सुमेरु सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडमा सिल गरेको छ । गत पुस २८ मा समस्याग्रस्त सहकारी घोषणा गरिएको उक्त सहकारीमा बिहीबार समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालय काठमाडौँको टोलीले सिल गरेको हो ।
टोलीले सुमेरु सहकारीको पुलचोकस्थित मुख्य कार्यालयसहित २ शाखामा सिल गरिएको समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालय काठमाडौँका प्रमुख महेश आचार्यले जानकारी दिए । उनका अनुसार प्रधान कार्यालयसहित धापाखेल र गठ्ठाघरको शाखा कार्यालयमा सिल गरिएको हो ।
टोलीले सहकारीको सिस्टम सिज गरेको उनको भनाई छ । सो सहकारीको गत माघ ८ मा नै खाता रोक्का गरेको थियो । सो सहकारीको व्यवस्थापनका लागि छिट्टै थप प्रक्रिया अघि बढाइने उनले बताए । सहकारीका सञ्चालकहरूसँग छलफल गरी सम्बन्धित सबैको खाता रोक्का गरिने उनले बताए ।
गत २८ पुसमा नै समस्याग्रस्त घोषणा गरिएको सुमेरु सहकारीमा हालसम्म सिल गर्न सकिएको थिएन । एउटै नामका ३ सहकारीहरू देखिएको र उक्त विषयहरू मिलाउन पर्ने भएकाले सुमेरु सहकारीमा सिल गर्न कठिन भएको थियो । काठमाडौँ, ललितपुर र काभ्रेमा सुमेरु सहकारी रहेका तथा ललितपुर र काठमाडौँको सुमेरु सहकारीले एकीकरणको सम्झौता समेत गरेकाले सिल गर्न समस्या भएको थियो ।
उक्त विषय समाधान गर्न विगत ३ दिनसम्म हेटौंडामा छलफल भएको थियो । गत बुधबार मात्र समस्याग्रस्त सुमेरु सहकारीको विवाद समाधान गरी सिल गर्ने र आवश्यक कागजात तथा सिस्टम सिज गर्ने निर्देशन प्राप्त भएको थियो । सोही अनुसार ललितपुरको सुमरु सहकारीमा सिल गर्ने तयारी रहेको उनले बताए । एकीकरणको सहमति भएपनि कारोबारको विवरणमा संलग्नता नरहेकाले काठमाडौँको सुमेरु सहकारीमा सिल नगर्ने निर्णय भएको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
-
‘इजरायली ‘दण्डहीनता’ भावी प्यालेस्टिनी राज्यको लागि खतरा’
-
विधिपूर्वक साउने सङ्क्रान्ति मनाइयो
-
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण