सुमेरु सहकारीको ३ कार्यालयमा सिल
_pTb5c92FoC.jpg)
मकवानपुर । बागमती प्रदेश सरकारले ललितपुरको सुमेरु सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडमा सिल गरेको छ । गत पुस २८ मा समस्याग्रस्त सहकारी घोषणा गरिएको उक्त सहकारीमा बिहीबार समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालय काठमाडौँको टोलीले सिल गरेको हो ।
टोलीले सुमेरु सहकारीको पुलचोकस्थित मुख्य कार्यालयसहित २ शाखामा सिल गरिएको समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालय काठमाडौँका प्रमुख महेश आचार्यले जानकारी दिए । उनका अनुसार प्रधान कार्यालयसहित धापाखेल र गठ्ठाघरको शाखा कार्यालयमा सिल गरिएको हो ।
टोलीले सहकारीको सिस्टम सिज गरेको उनको भनाई छ । सो सहकारीको गत माघ ८ मा नै खाता रोक्का गरेको थियो । सो सहकारीको व्यवस्थापनका लागि छिट्टै थप प्रक्रिया अघि बढाइने उनले बताए । सहकारीका सञ्चालकहरूसँग छलफल गरी सम्बन्धित सबैको खाता रोक्का गरिने उनले बताए ।
गत २८ पुसमा नै समस्याग्रस्त घोषणा गरिएको सुमेरु सहकारीमा हालसम्म सिल गर्न सकिएको थिएन । एउटै नामका ३ सहकारीहरू देखिएको र उक्त विषयहरू मिलाउन पर्ने भएकाले सुमेरु सहकारीमा सिल गर्न कठिन भएको थियो । काठमाडौँ, ललितपुर र काभ्रेमा सुमेरु सहकारी रहेका तथा ललितपुर र काठमाडौँको सुमेरु सहकारीले एकीकरणको सम्झौता समेत गरेकाले सिल गर्न समस्या भएको थियो ।
उक्त विषय समाधान गर्न विगत ३ दिनसम्म हेटौंडामा छलफल भएको थियो । गत बुधबार मात्र समस्याग्रस्त सुमेरु सहकारीको विवाद समाधान गरी सिल गर्ने र आवश्यक कागजात तथा सिस्टम सिज गर्ने निर्देशन प्राप्त भएको थियो । सोही अनुसार ललितपुरको सुमरु सहकारीमा सिल गर्ने तयारी रहेको उनले बताए । एकीकरणको सहमति भएपनि कारोबारको विवरणमा संलग्नता नरहेकाले काठमाडौँको सुमेरु सहकारीमा सिल नगर्ने निर्णय भएको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेपालमा नास्तिकता प्रवर्द्धन गर्न १ सय मिलियन अमेरिकी डलर खर्च भएको कुरा छ, छानबिन होस्’
-
रुस–युक्रेन युद्ध अन्त्य गर्न साउदी अरबमा अमेरिका र रुसबिच वार्ता सुरु
-
आगामी वर्षको बजेटको ‘सिलिङ’ १९ खर्ब
-
किट विश्वविद्यालयका संस्थापकसँग राजदूत शर्माले गरे कुराकानी
-
प्रेस चौतारी गण्डकीको अध्यक्षमा पुनः इन्द्र पौडेल
-
छैटौँ सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा नौ स्पर्धा