प्रयास नेपालका बालबालिकाहरूको निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौँ । चाइनिज इन्टरप्राइजेज एसोसिएसन अफ नेपालसँगको सहकार्यमा सामाजिक उत्तरदायित्व पहलका लागि हिमालय एअरलाइन्सले प्रयास नेपालका बालबालिकाहरूको निःशुल्क स्वास्थ्य परीक्षण आयोजना गरेको छ । चिनियाँ टोलीले बालबालिकाहरूको शारीरिक अवस्था तथा आवश्यकताहरु ध्यानमा राखी वरिष्ठ चिकित्सकहरुद्घारा माया र ममताका साथ विभिन्न जाँचहरु, स्वास्थ्य शिक्षा तथा गतिबिधिहरु संचालन गरेको एयरलाइन्सले जनाएको छ ।
चिनियाँ नयाँ वर्षको अवसरमा नेपाल चाइनिज इन्टरप्राइजेज एसोसिएसन अफ नेपालले बालबालिकाका लागि एक वर्षको आपूर्तिसँगै दैनिक अत्यावश्यक किराना, खाजा र अन्य अत्यावश्यक सामग्रीको लागि रु ६ लाखको चेक हस्तान्तरण गरेको छ ।
कार्यक्रममा हिमालय एअरलाइन्स्का अध्यक्ष झो एनयोङले भने, “हामीले गर्ने सबै कुरा सानो योगदान हुन सक्छ तर यी बालबालिकाको निर्दोष मुस्कान र दृढताले हामीलाई अनन्त शक्ति प्रदान गर्दछ । बालबालिकाहरू खुसी तथा स्वस्थ रुपमा हुर्किएको देख्न पाउनु नै हाम्रो लागि सबैभन्दा ठूलो प्रेरणा हो ।’
२००३ मा स्थापना भएदेखि प्रयास नेपाल विशुद्ध रूपमा अनाथ बालबालिकाहरूको जीवन सुधार गर्न प्रतिबद्ध भई गैर–नाफामुखी र गैर–सरकारी संस्थाको रूपमा रहेको छ । हाल, अनाथालयले १८ बालबालिकाको हेरचाह गर्दे आएकोछ । उनीहरूलाई न्यानो आश्रय, गुणस्तरीय शिक्षा र विचारशील मनोवैज्ञानिक सहयोग प्रदान गर्दै, बच्चाहरूलाई आत्मनिर्भर र आत्मविश्वासी व्यक्तित्व विकास गर्न र सामाजिक र स्वतन्त्र जीवनको भविष्यको लागि राम्रोसँग तयार पार्न जीवन सीप प्रशिक्षण प्रदान गर्दे आएकोछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?