मदन राई बाल यौन दुर्व्यवहारमा दोषी ठहर
विराटनगर । कृषि विज्ञ मदन राईलाई जिल्ला अदालत खोटाङले बाल यौन दुर्व्यवहारमा दोषी ठहर गरेको छ । माघ १० गते बिहीबार जल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालले राईलाई दोषी ठहर गरेका हुन् ।
राईलाई उनी आफैंले खोलेको ‘सुभद्रा मदन फाउन्डेसन’ मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको अभियोग थियो । ७५ वर्षीय मदनले आफ्ना संवेदनशील अङ्गमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अङ्गमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको किशोरीहरूको आरोप थियो ।
राईलाई सजाय भने माघ २५ गते इजलासले निर्धारण गर्नेछ । २०८० जेठ २१ गते सरकारी वकिलको कार्यालय खोटाङले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।
उनीविरूद्ध बालबालिका ऐनको दफा ६६ को उपदफा ३ बमोजिम विभिन्न कसुर गरेको भन्दै सजायको मागदाबी गरेको थियो। मदन राईले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ को उपदफा ३ (क), (ग) (ङ) कसुर गरेकाले, दफा ६७, दफा ७२ र ७५ को ३ (ख) अनुसार सजाय गर्न माग भएको थियो । उनलाई ७५ हजार रुपैयाँ जरिवाना र ३ वर्षसम्म कैद सजाय माग गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनी, पश्चिमी र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
-
तनहुँमा २७ वन्यजन्तुको उद्धार
-
ड्यालस रंगशालामा जापान र स्विडेनको भिडन्त, पहिलो हाफ गोलरहित बराबरी
-
ट्युनिसियाविरुद्ध नेदरल्याण्ड्सको सानदार सुरुवात, पहिलो हाफमै २–० को अग्रता
-
मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण
-
नदीजन्य पदार्थ उत्खनन रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण