एक महिनामा दुई हजार फरार व्यक्ति पक्राउ
सारांश
- एक महिनामा प्रहरीले २ हजार १८२ फरार प्रतिवादी पक्राउ गरेको छ।
- पक्राउ परेकाबाट ८०७ वर्ष कैद सजाय र २३ करोड जरिवाना असुल भएको छ।
- प्रहरीले फरार अभियुक्त पक्राउ गर्न विशेष अभियान चलाइरहेको छ।
काठमाडौँ । नेपाल प्रहरीले गएको एक महिनामै देशभरबाट विभिन्न मुद्दाका दुई हजार १८२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । उनीहरू पक्राउ परेसँगै ८०७ वर्ष कैद सजाय कार्यान्वयनमा आएको छ ।
प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले केन्द्रीय अनुसन्धान ब्यूरोबाट १७ जना, काठमाडौँ उपत्यका प्रहरी कार्यालयबाट ३२६ जनालाई पक्राउ गरिएको जानकारी दिए ।
यस्तै कोशी प्रदेशबाट ३०५ जना, मधेश प्रदेशबाट ५३९, बागमती प्रदेशबाट ३६०, गण्डकी प्रदेशबाट १३२, लुम्बिनी प्रदेशबाट ३२०, कर्णाली प्रदेशबाट ६३ र सुदूरपश्चिम प्रदेशबाट १२० जना पक्राउ परेका हुन् । उक्त अवधिमा पक्राउ परेका प्रतिवादीहरूलाई तोकिएको ८०७ वर्ष एक महिना १३ दिन कैद सजाय कार्यान्वयनमा आएको पनि उनले जानकारी दिए ।
साथै उनीहरूबाट रु २३ करोड ४४ लाख ४३ हजार ८९१ जरिवाना असुलउपर गरिएको छ । फैसला कार्यान्वयन तथा फरार अभियुक्त पक्राउलाई प्रहरीले उच्च प्राथमिकतामा राखी कार्य गरिरहेको छ ।
कर्तव्य ज्यान, लागुऔषध, जबर्जस्ती करणी, बैंकिङ कसुर, ठगीलगायतका विभिन्न मुद्दामा फैसला ठहर भई फरार रहेका प्रतिवादी पक्राउ गर्ने सन्दर्भमा नेपाल प्रहरीले विशेष अभियान सञ्चालन गरिरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नयाँ सिर्जना गर्न केही जोखिम त लिनै पर्छ’
-
छालामा देखिने राता धब्बा क्यान्सरका लक्षण हुन् ?
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन
-
लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
डेङ्गी नियन्त्रण अभियानमा तालिम प्राप्त १६ सय ५० जनशक्ति परिचालन गर्दै काठमाडौँ महानगरपालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण